काठमाडौं- गत जुनदेखि चीनसँग पूर्वी लद्दाखमा विवाद बढ्दै गएसँगै अरुणाञ्चल प्रदेशको विवादित सीमा क्षेत्रमा भारतीय सैनिकको गतिविधिहरु बढेको छ ।
भारतीय सैन्य कमाण्डरले चीन, नेपाल र भुटानका विवादित सीमाक्षेत्र विशेष गरी लिपुलेक र डाेक्लाममा उच्च निगरानी राख्न आदेश दिएको छ ।
सन् १९६२ पछिकै ठूलो झडपभएसँगै पूर्वी लद्दाख क्षेत्रमा भारतीय र चिनियाँ दुवै पक्षका सैनिकहरुको गतिविधि बढेसँगै त्यहाँ मुडभेट एवं आतंक हुनसक्ने संकेतदेखिएको विश्लेषकहरुले बताएका छन् ।
गलवान क्षेत्रमा भारतीय सैनिकको संख्या, हतियार एवं गतिविधि बढेसँगै खतरा बढेको संकेत गरिएको छ । यद्यपी भारतीय सैन्य प्रपक्ता लेफ्टिनेन्ट कर्नल हर्ष वर्धन पाण्डेले भने सैनिकहरुको गतिविधि बढ्नु पहिलेदेखिकै कुरा रहेको र कुनै नयाँ खतरा नभएको बताएका छन् । पाण्डेले गुवाहाटीको रोयर्टसलाई नियमित भइरहने गतिविधिहरु भइरहेको बताएका हुन् ।
भारतको उत्तरपूर्वी क्षेत्र पहिलेदेखि नै निकै संवेदनशिल रहिआएको छ । चीनले अरुणाञ्चलको धेरै भुभाग आफ्नो दाबी गरेको छ, भने भारतले अफ्नो भुमीको रक्षा गरिरहेको छ । गत जुन १५ पछि गत शनिबार पनि त्यहाँ झडप भएको छ । दुईदेशका शैन्यबीचको भएको झडपमा एक भारतीय सैनिकले ज्यान गुमाएका थिए ।
गत जुनमा २० भारतीय सैनिकले ज्यान गुमाएका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।