आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

भारत र चीनका सैनिकबीच सिमामा दोहोरो फायरिङ, भिडन्तको खतरा !

भारत र चीनका सैनिकबीच सिमामा दोहोरो फायरिङ, भिडन्तको खतरा !

  • मिडिया डबली
  • मंगलवार, भाद्र २३ २०७७

  • 7.9K
    SHARES

  • भारत र चीनका सैनिकबीच सिमामा दोहोरो फायरिङ, भिडन्तको खतरा !

    काठमाडौं– चीन र भारतका सैनिकबीच होरो फायरिङ भएको छ। सोमबार सीमा क्षेत्र पूर्वी लद्दाखमा दुई देशका सैनिकबीच दोहोरो फायरिङ भएको हो। फायरिङ भएपछि फेरि भिडन्तको खतरा बढेको छ। 

    दुवै देशका सैनिकले एकअर्कालाई पहिले फायरिङ गरेको आरोप लगाएका छन्। चिनियाँ सैनिकले भारतीय सैनिकले पहिले वास्तविक सीमा रेखा पार गर्दै धम्की स्वरूप फायरिङ गरेको आरोप लगाएको छ।

    चीनको सरकारी मिडिया ग्लोबल टाइम्सले चिनियाँ सेनाका प्रवक्ताको भनाइ उधृत गर्दै भनेको छ, ‘स्थिति नियन्त्रणमा लिन चिनियाँ सेना पनि प्रतिकार (फायरिङ) गर्न बाध्य भयो।’

    भारतीय समाचार एजेन्सी एएनआईले पनि पूर्वी लद्दाखमा फायरिङ भएको उल्लेख गरेको छ। कतिपय मिडियालेले भने पहिले चिनियाँ सैनिकले फायरिङ गरेपछि भारतीय सैनिक त्यसको जवाफ दिन बाध्य हुनुपरेको दाबी गरेका छन्।

    यसअघि केही दिनअघि मात्र दुई देशका सैनिकबीच झडप भएको थियो। तर यस क्रममा के कति हताहती भयो भन्नेबारे दुवै देशले अहिलेसम्म केही बताएका छैनन्। गत जुन १५ मा पनि हतियारहित भिडन्त हुँदा २० भारतीय सैनिक मारिएका थिए। त्यसपछि दुई देशका सैनिकबीच पटपटक वार्ता गरी सीमा क्षेत्रमा शान्ति कायम गर्ने सहमति भए पनि पुनः तनाव सुरु भएको हो। 

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, भाद्र ३१ २०७७११:०९:४१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend