आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

नेकपाभित्र केपी ओली विरुद्धको आक्रोश संसदमा छताछुल्ल, कम्युनिस्ट सांसद कडा !

नेकपाभित्र केपी ओली विरुद्धको आक्रोश संसदमा छताछुल्ल, कम्युनिस्ट सांसद कडा !

  • मिडिया डबली
  • मंगलवार, बैशाख ३० २०७७

  • 10.3K
    SHARES

  • नेकपाभित्र केपी ओली विरुद्धको आक्रोश संसदमा छताछुल्ल, कम्युनिस्ट सांसद कडा !

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा छलफलै नगरी नीति तथा कार्यक्रम र बजेटको अन्तिम तयारीमा लागेको भन्दै सत्तारुढ नेकपाका केही सांसद सरकारविरुद्ध संसदमा कडा रुपमा प्रस्तुत भएका छन् ।

    राष्ट्रिय सभामा आर्थिक वर्षको बजेटका सिद्धान्त माथिको सोमवारको छलफलमा भाग लिँदै सत्तारुढ दलका सांसदहरुले पार्टीमा छलफल नगरेको भन्दै आक्रोश पोखे ।

    नेकपा स्थायी समिति बैठक राख्ने कि नराख्नेसम्बन्धी पार्टीभित्रको विवादको प्रतिबिम्ब सोमवारको राष्ट्रियसभा बैठकमा देखिएको छ ।

    नेकपाका सांसद डा. बेदुराम भुसालले सत्तारुढ पार्टीले नै सरकारका नीति तथा कार्यक्रम र बजेटबारे छलफलै नगरी ल्याउने तयारी गरेको भन्दै आपत्ति जनाएका छन् । ‘बजेट ल्याउने तयारीबारे पार्टीहरुले आन्तरिक छलफल गर्नुपर्थ्यो, अझ सत्तारुढ पार्टीमा त छलफलै नगर्ने तरिका घोर अलोकतान्त्रिक छ, त्यसैले यस्तो कुरालाई कसरी स्वीकार गर्न सकिन्छ ?’ भुसालले प्रश्न गरे ।

    नेकपाकै अर्का सांसद पर्शुमेघी गुरुङले पनि भुसालकै जस्तो धारणा आईतवारको बैठकमा राखेका थिए । ‘पार्टीहरुभित्र छलफलै नगरी बजेटको तयारी गर्ने तरिका अलोकतान्त्रिक छ,’ उनले भनेका थिए ।

    अर्थमन्त्री डा. युवराज खतिवडाले महामारीको अवस्थामा पार्टीहरुले आन्तरिक छलफल गरेपछि मात्रै बजेट र नीति तथा कार्यक्रमको तयारी गर्ने कुरा व्यावहारिक हिसाबले सम्भव नहुने जवाफ दिए ।

    अर्थमन्त्री खतिवडाले बजेटको सिद्धान्त र प्राथमिकताबारे मन्तव्य राख्ने क्रममा सबै प्रकारका असमानताहरू अन्त्य गर्दै समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्ने गरी बजेट ल्याउने तयारी भइरहेको बताए ।

    अर्थमन्त्री खतिवडाको कुरामा भुसालले आपत्ति जनाए । समाजवाद आउनुअघि सबै असमानता मेट्ने कुरै सैद्धान्तिक हिसाबले गलत भएको भन्दै भुसालले विमति राखे, ‘अर्थमन्त्रीज्यूको भनाइ अनुसार समाजवाद आउनु पहिल्यै सबैखाले असमानता मेटिन्छ भन्ने आयो । यो कुरा सैद्धान्तिक हिसाबले नै गलत छ ।’

    तर अर्थमन्त्री खतिवडाले भने पार्टीकै सिद्धान्तलाई पछ्याएर बजेटको सिद्धान्त प्रस्तुत गरेको जिकिर गरे । सांसदहरुले पार्टी बैठक नराखिएको विषय उठाएपनि अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच संसद्का बैठकहरुमा पार्टीको आन्तरिक विषय उठाउन नदिने र असहमतिका बाछिटा प्रतिबिम्बित हुन नदिने सहमति भइसकेको छ ।

    सहमतिअनुसार प्रधानमन्त्री तथा संसदीय दलका नेता केपी ओलीले संसदभित्र एकताबद्ध भएर समान धारणासहित प्रस्तुत हुन सबै सांसदहरुलाई पत्रमार्फत लिखित निर्देशन दिएका थिए ।

    पार्टी स्थायी समिति सदस्य समेत रहेका भुसालसहित २० स्थायी समितिका नेताहरुले नेकपाभित्र बैठक माग गर्दै आएका छन् । तर बैठक कम्तीमा जेठ २ गतेयता नबस्ने निश्चित भएको छ । जेठ २ गतेमा सरकारले नीति तथा कार्यक्रम ल्याएपछि मात्र स्थायी समिति बैठक बजेटअघि राख्ने कि नराख्ने विषयमा छलफल गर्न सकिने प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच पछिल्लोपटक समझदारी भएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend