आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

बाढीपहिरोका कारण यी मुख्य राजमार्गहरू प्रभावित

बाढीपहिरोका कारण यी मुख्य राजमार्गहरू प्रभावित

  • मिडिया डबली
  • सोमवार, भाद्र २२ २०८३

  • 267
    SHARES

  • बाढीपहिरोका कारण यी मुख्य राजमार्गहरू प्रभावित
    फाइल तस्बिर

    काठमाडौँ - अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न क्षेत्रका मुख्य राजमार्ग तथा सडक खण्डहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीले आज (सोमबार) बिहान ६:४० बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै यात्रुहरूलाई सचेत रहन र वैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरेको छ।

    काठमाडौँ–धादिङतर्फ जाने मार्गको चन्द्रागिरि नगरपालिका–२, चिसापानी क्षेत्रमा पहिरोका कारण अवरुद्ध बनेको सडक खण्ड अहिले एकतर्फी रूपमा सुचारु भएको छ। यसैगरी बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा सवारी सञ्चालनमा रोक लगाइएको छ भने बिहान ४ बजेदेखि साँझ ६ बजेसम्मको समयमा भने परिस्थितिको मूल्याङ्कन गरेर मात्र सवारी साधन सञ्चालन गरिनेछ।

    रसुवाको उत्तरगया गाउँपालिका–५, खाल्टेमा आएको बाढीका कारण त्रिशूली–मैलुङ्ग–स्याफ्रुबेसी सडक खण्ड पूर्ण रूपमा अवरुद्ध रहेको छ। प्रहरीका अनुसार अर्को सूचना जारी नभएसम्मका लागि देशका अन्य मुख्य राजमार्गहरू पनि पूर्ण रूपमा अवरुद्ध रहेका छन्।

    त्यस्तै शिवपुरी गाउँपालिका–८, घट्टेखोलास्थित टोखा–छहरे सडक खण्डमा रात्रिकालीन समयमा हुन सक्ने जोखिमलाई ध्यान दिँदै राति १० बजे देखि बिहान ५ बजेसम्म सवारी साधन चलाउन रोक लगाइएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, आश्विन ८ २०७७०९:२७:३२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend