आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

नारायणी र तिनाउ नदीमा बाढीले खतराको तह पार गर्याे , सतर्कता अपनाउन आग्रह

नारायणी र तिनाउ नदीमा बाढीले खतराको तह पार गर्याे , सतर्कता अपनाउन आग्रह

  • मिडिया डबली
  • बिहिवार, आश्विन ८ २०७७

  • 3.9K
    SHARES

  • नारायणी र तिनाउ नदीमा बाढीले खतराको तह पार गर्याे , सतर्कता अपनाउन आग्रह

    काठमाडौ - लगातारको वर्षाको कारण नारायणी नदी र तिनाउ नदीमा बाढीले खतराको तह पार गरेको छ। तटीय क्षेत्र र आसपासमा डुबान हुनसक्ने भन्दै मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन भनेको छ। आज दिउँसो बाढीको खतरा बढिरहेको बताइएको छ।

    तिनाउ नदीमा ५.२ मिटरसम्म सतर्कताको तह र ५.६ मिटरसम्म खतराको तहमानिन्छ। आज बिहान ७ बजे नै तिनाउले खतराको तह पार गरिसकेको छ। नारायणी नदीले भने सतर्कताको तह पार गरेको छ। गैँडाकोट, डेढगाउँ, कल्याणपुर क्षेत्रमा भारी वर्षा भइरहेको छ। त्यसैले चितवन नवलपरासी क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले भनेको छ।

    देशभर निरन्तर पानी परिरहेकोले साना खोलाहरुमा पनि बाढी आइरहेको छ। ११ गतेसम्म नदीको तटिय क्षेत्र नजान मौसम विभागले यस अघि नै भनिसकेको थियो।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, आश्विन ८ २०७७०४:४८:१०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend