आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

बाढीपहिरोले वितण्डा, देशैभरिका सडक अवरुद्ध

बाढीपहिरोले वितण्डा, देशैभरिका सडक अवरुद्ध

  • मिडिया डबली
  • मंगलवार, श्रावण ६ २०७७

  • 4.4K
    SHARES

  • बाढीपहिरोले वितण्डा, देशैभरिका सडक अवरुद्ध

    काठमाडौं- केहि दिनदेखि लगातार भइरहेको भारी वर्षाका कारण देशभरका सडक अवरुद्ध भएका छन्। देशभरका  राजधानी काठमाडौं आवात जावत गर्ने प्रमुख सडक पृथ्वी राजमार्ग सोमबार बिहानैदेखि अवरुद्ध भएका हुन् ।

    पृथ्वी राजमार्गमा पर्ने धादिङको मौवाखोलाको पुल बाढीले भत्किएको छ भने सडकखण्डमा धेरै ठाँउमा पहिरोले सडक अवरुद्ध पारेको छ ।

    मौवाखोलामा बेलिब्रिज राखेर सडक सञ्चालन गर्ने तयारी सुरु गरिएको सडक विभागले जनाएको छ। तर, त्यसका लागि अझै एकदुई दिन लाग्ने विभागको भनाई छ।

    राजधानी काठमाडौंलाई हेटौंडासँग जोड्ने छोटो मार्ग बल्खु कुलेखानी हेटौँडा र कान्ति लोकपथ पनि बाढीपहिरोको कारण अवरुद्ध छन्। मकवानपुरको इन्द्रसरोवर गाउँपलिकाका विभिन्न ठाउँमा पहिरो जाँदा वर्खा लागेदेखि नै बल्खु हेटौँडा सडक भएर निर्वाध गाडी चल्न सकेका छैनन्।

    कान्ति लोकपथको घट्टेपख, बागधारा, शिलालेख र छपेलीमा पहिरोले सडक अवरुद्ध छ।

    त्यसैगरी विपी राजमार्ग पनि पहिरोले अवरुद्ध छ। सिन्धुलीको कमेरेफाँटमा पहिरो जाँदा यो सडकमा गाडी चल्न नसकेका प्रहरीले जनाएको छ।

    सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको गौडे पुलमा पहिरो खसेकाले सडक अवरुद्ध भएको छ, बेनी जोमसोम कोरोला सडकखण्डमा पर्ने म्याग्दीको काभ्रेभिर, दाना, गलेश्वर, म्याग्दीकै घोप्टेभिरमा पहिरोले बेलिब्रिज बगाउँदा सडक अवरुद्ध भएको छ।

    अरनिको राजमार्ग पनि बाढीपहिरोले अवरुद्ध छ। यो सडकखण्डमा पर्ने माथिल्लो भोटेकोशी ड्याम, डाकलांग, चाकु, झ्याले, जबमु, खग्दोल, सिरिशे र खुर्सानीबारीमा खसेको पहिरोले बाटो नै बगाएको सडक विभागले जनाएको छ।

    त्यसैगरी कोसी राजमार्ग, कर्णाली राजमार्ग, सिद्धिचरण राजमार्ग, सिद्धार्थ राजमार्ग, स्याफ्रु(रसुवागढी, बेसिशहर चामे सडक पनि ठाउँठाउँमा पहिरो खसेका कारण अवरुद्ध बनेका छन्।

    लामोसाँधु बाह्रबीसे सडक सुनकोसी नदीले एक सय मिटर बगाएको छ। त्यसैगरी पूर्वपश्चिम राजमार्गमा पर्ने रौतहटको चन्द्रनिगहापुर नजिक जुडबेला, नवलपरासीको गैँडाकोट लगायतका ठाउँमा पनि बाढीका कारण सडक अवरुद्ध भएको सडक विभागले जनाएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, आश्विन ८ २०७७०४:४८:१०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend