काठमाडौं- मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले बाग्लुङ र सिन्धुपाल्चोकलाई विपत संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । यी दुई जिल्लामा हालै ठूलो पहिरो आएको थियो ।
बुधबार सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञावलीले बाढी र पहिरोले ग्रसित भएपछि बाग्लुङ र सिन्धुपाल्चोकलाई सरकारले विपत संकटग्रस्त क्षेत्र घोषणा गरेको बताएका हुन् ।
विपद व्यवस्थापनका लागि सरकारले तत्काल प्राधिकरण मार्फत काम गर्ने मन्त्री ज्ञावलीले बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।