आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

बालेनसँग टक्कर लिएर चर्चा कमाएका सरोज गुरागाईं सेवा निवृत्त

बालेनसँग टक्कर लिएर चर्चा कमाएका सरोज गुरागाईं सेवा निवृत्त

  • मिडिया डबली
  • बिहिवार, श्रावण २१ २०८३

  • 651
    SHARES

  • बालेनसँग टक्कर लिएर चर्चा कमाएका सरोज गुरागाईं सेवा निवृत्त

    काठमाडौँ - काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ सेवा निवृत्त भएका छन् । गुरागाईँले २०८१ भदौ २७ गतेको नेपाल सरकार (मन्त्रिपरिषद्) को निर्णय अनुसार २०८१ असोज ७ गते काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा पद बहाली गरेका थिए ।

    उमेरका कारण बुधबारदेखि उनी अनिवार्य अवकाशमा गएका हुन् । महानगरपालिकाले उनलाई बुधबारै बिदाइ गरेको छ । बिदाइ कार्यक्रममा कार्यवाहक प्रमुख सुनिता डंगोल, प्रवक्ता नवीन मानन्धर, कार्यपालिका सदस्यहरू, विभागीय प्रमुखहरू, महाशाखा प्रमुखहरू सहभागी भएका थिए ।

    बिदाइ कार्यक्रममा बोल्दै कार्यवाहक प्रमुख सुनिता डंगोलले कर्मचारी, जनप्रतिनिधि र साझेदार निकायसँग सहकार्य, समन्वय र सहअस्तित्वका लागि गुरागाईँले गरेको प्रशासनिक नेतृत्व काठमाडौं महानगरपालिकाले स्मरण गरिरहने बताइन् ।

    गुरागाईं प्रधानमन्त्री वालेन्द्र साह बालेन महानगरको मेयर भएका बेलामा कानूनी टक्कर लिएर बसेका कारण चर्चामा रहेका थिए । बालेनले कानूनै मिचेर गर्न दिएको काम नगरेको भन्दै सरुवा गरेका थिए । तर संघीय सरकारले मात्र सरुवा गर्ने भएकाले उनीसँग टक्कर लिएरै गुरागाईं महानगरमा बसिरहेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, जेठ ४ २०७९०४:२३:३८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend