बिहिवार, मंसिर ४ २०८३Nov 19 2026

Logo
images images

मलेसिया श्रमिक ठगी प्रकरण : दुई पूर्वमन्त्रीसहित ६ जना पक्राउ

मलेसिया श्रमिक ठगी प्रकरण : दुई पूर्वमन्त्रीसहित ६ जना पक्राउ

  • मिडिया डबली
  • बिहिवार, मंसिर ४ २०८३

  • 195
    SHARES

  • मलेसिया श्रमिक ठगी प्रकरण : दुई पूर्वमन्त्रीसहित ६ जना पक्राउ

    काठमाडौँ – वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी रूपमा रकम असुली गरी ठगी तथा सङ्गठित अपराध गरेको कसूरमा पूर्वमन्त्रीद्वयसहित छ जना उच्चपदस्थ अधिकारी पक्राउ परेका छन् ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारको पत्र तथा विकास रानाभाट समेतको जाहेरीका आधारमा नेपाल सरकार वादी भई प्रतिवादी कैलाश खड्का समेत भएको ठगीसम्बन्धी कसूर तथा सङ्गठित अपराध निवारण ऐन, २०७० अन्तर्गतको कसूरमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

    मलेसिया र नेपालबीच भएको सम्झौताको दायरा र कानूनी प्रक्रिया विपरीत अधिकार क्षेत्र नाघेर बदनियतपूर्वक विदेशी मुद्रा अपचलन गराई देशको अर्थतन्त्रको मुद्रा सञ्चितीकरणमा गम्भीर नोक्सानी पुर्‍याउने गरी निर्णय गरिएको अनुसन्धानबाट खुल्न आएको छ । अनुसन्धानका क्रममा मलेसिया जाने श्रमिकहरूसँग गैरकानूनी रूपमा ठगी गरी अमेरिकी डलर ८३ लाख ७० हजार ४३९ दशमलव ९२ र पाउन्ड स्टर्लिङ ३७ लाख १७ हजार ९८० दशमलव ८० गरी जम्मा रु। १ अर्ब ६९ करोड दुई लाख २४ हजार २६ दशमलव ७६ सङ्कलन गरिएको पाइएको छ ।

    सङ्गठित समूहको लाभका लागि जानीजानी आफ्नो पदीय जिम्मेवारी तथा कर्तव्य विपरीत श्रमिकहरूलाई सङ्गठित रूपमा ठगी गर्ने कार्यमा मौन बसी, कानूनी उपचार नगरी वा नगराई सो गैरकानूनी रकम मलेसिया पठाउने निर्णयमा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ । काठमाडौँ जिल्ला अदालत बबरमहलबाट पक्राउ पूर्जी जारी गर्ने अनुमति लिई काठमाडौँ, ललितपुर र सर्लाहीका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरी विस्तृत अनुसन्धान अगाडि बढाइएको छ । पक्राउ पर्नेमा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीद्वय वर्ष ६० का शेरबहादुर कुँवर र वर्ष ६१ का रामेश्वर राय यादव रहेका छन् ।

    अछामको चौरपाटी गाउँपालिका वडा नं। ४ स्थायी वतन भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं। ५ बस्ने कुँवर र सर्लाहीको चक्रघट्टा गाउँपालिका बेल्ही बस्ने यादवलाई यसै प्रकरणमा नियन्त्रणमा लिइएको हो । त्यस्तै, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका तत्कालीन सचिव वर्ष ६४ का विनोद केसी, सोही मन्त्रालयका तत्कालीन रोजगार व्यवस्थापन महाशाखा प्रमुखहरू तथा सहसचिवद्वय वर्ष ५१ का उमेश ढुङ्गाना र वर्ष ५३ का राजिव पोखरेल पनि पक्राउ परेका छन् ।

    यसैगरी, रोजगार व्यवस्थापन महाशाखाकी तत्कालीन कानून अधिकृत तथा उपसचिव वर्ष ४९ की निर्मला गुरुङलाई पनि प्रहरीले पक्राउ गरेको छ । यस सङ्गठित ठगी तथा विदेशी मुद्रा अपचलन प्रकरणमा थप कानूनी कारबाही तथा अनुसन्धान जारी रहेको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर जबराद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, मंसिर ४ २०८३०८:३९:१६

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend