हेटोँडा । आज बिहान ८:३० बजेतिर मकवानपुरको भीमफेदी–१ भैसेमा सुमो दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
मृतकहरुको पहिचान खुल्न बाँकी छ । रौतहटको चन्द्रनिगाहपुरबाट काठमाडौँको लागि छुटेको ना१ज २१४३ नम्बरको यात्रु बाहक सुमो घुम्तीमा अनियन्त्रित भइ सडकबाट १० मिटर तल भैसे खोलामा खसेर दुर्घटना भएको हो ।
सुमोमा चालकसहित १० जना सवार रहेका थिए । उनीहरुलाई उद्धार गरी उपचारको लागि हेटौँडा अस्पताल ल्याइएकामा ३ जनाको मृत्यु भएको हो ।
अन्य ७ जना घाइतेको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।