दाङ - बुटवलबाट भ्रमण गरी बाँकेको कोहलपुर फर्किंदै गरेको यात्रुवाहक बस दाङमा दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। बिहीबार बिहान लमही नगरपालिका–९ स्थित अमिलियामा बस अनियन्त्रित भएर पल्टिएको हो।
जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डीएसपी डा. हेमबहादुर केसीका अनुसार १ ख ३१३० नम्बरको बसमा ५३ जना सवार थिए। बस दुर्घटनामा पर्दा १४ जना घाइते भएका हुन्।
दुर्घटनामा बाँकेको बैजनाथ गाउँपालिकाका २० वर्षीया पूर्णिमा थापा र २१ वर्षीया अनिषा सुनार घाइते भएका छन्।
त्यसैगरी, बर्दियाको बाँसगढी नगरपालिका–३ का १९ वर्षीय जीवन सुनार, २० वर्षीय सन्दीप सुनार, निकिता सुनार, प्रज्ञा सुनार, आकृति सुनार, हरिकृष्ण नेपाली, मनिषा सुनार, पूजा सुनार, दीपक सुनार, पुष्पा सुनार र करण सुनार घाइते भएका छन्।
प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका सबैको अवस्था सामान्य रहेको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।