बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

बंगलादेशमा बढ्दो आतंकवादी जोखिमप्रति अन्तर्राष्ट्रिय चेतावनी, सरकारी दाबीमाथि ब्यापक प्रश्न !

बंगलादेशमा बढ्दो आतंकवादी जोखिमप्रति अन्तर्राष्ट्रिय चेतावनी, सरकारी दाबीमाथि ब्यापक प्रश्न !

  • एजेन्सी
  • मंगलवार, जेठ ५ २०८३

  • 303
    SHARES

  • बंगलादेशमा बढ्दो आतंकवादी जोखिमप्रति अन्तर्राष्ट्रिय चेतावनी, सरकारी दाबीमाथि ब्यापक प्रश्न !

    बंगलादेशमा पुनः कट्टरपन्थी गतिविधि बढ्न सक्ने संकेत देखिएको भन्दै अन्तर्राष्ट्रिय सुरक्षा विश्लेषकहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्। देशभित्र सुरक्षा अवस्था नियन्त्रणमा रहेको सरकारी दाबीबीच विभिन्न अन्तर्राष्ट्रिय निकाय र विश्लेषकहरूले आतंकवादी नेटवर्क पुनः सक्रिय हुन सक्ने चेतावनी दिएका हुन्।

    अन्तर्राष्ट्रिय मामिलासम्बन्धी प्रतिष्ठित पत्रिका  The Diplomat मा प्रकाशित “Terror Alert in Bangladesh: Between Denial and Reality” शीर्षकको विश्लेषणमा बंगलादेश सरकारले सुरक्षा जोखिमलाई सार्वजनिक रूपमा कम देखाउने प्रयास गरिरहेको आरोप लगाइएको छ। तर, प्रतिवेदनअनुसार भूमिगत कट्टरपन्थी समूह, अनलाइन उग्रवाद तथा क्षेत्रीय आतङ्कवादी सञ्जालसँगको सम्भावित सम्बन्धलाई लिएर सुरक्षा चिन्ता बढ्दै गएको उल्लेख गरिएको छ।

    विश्लेषणमा विशेषगरी युवामाझ डिजिटल माध्यमबाट धार्मिक कट्टरपन्थी विचारधारा फैलिने क्रम बढेको र त्यसले भविष्यमा सुरक्षा चुनौती निम्त्याउन सक्ने उल्लेख गरिएको छ। दक्षिण एशियामा सक्रिय केही उग्रवादी समूहहरूले बंगलादेशलाई पुनः रणनीतिक आधारभूमि बनाउन खोजिरहेको आशंका पनि व्यक्त गरिएको छ।

    रिपोर्टमा बंगलादेश सरकारले आतङ्कवाद नियन्त्रणमा सफल भएको दाबी गरे पनि विपक्षी समूह, मानवअधिकारकर्मी तथा स्वतन्त्र विश्लेषकहरूले वास्तविक सुरक्षा अवस्था अझ जटिल रहेको तर्क प्रस्तुत गरेका छन्। केही विश्लेषकहरूले राजनीतिक असन्तोष, आर्थिक दबाब र सामाजिक ध्रुवीकरणले पनि कट्टरपन्थी समूहलाई सक्रिय हुन सहयोग पुग्न सक्ने बताएका छन्।

    विशेषज्ञहरूले बंगलादेशको सुरक्षा अवस्थाले सम्पूर्ण दक्षिण एशियाली क्षेत्रलाई प्रभावित पार्न सक्ने चेतावनी दिएका छन्। भारत, म्यानमार तथा अन्य छिमेकी राष्ट्रसँगको खुला सीमाना, अवैध नेटवर्क र डिजिटल प्रचार संरचनाले क्षेत्रीय सुरक्षा चुनौती अझ संवेदनशील बन्न सक्ने विश्लेषण गरिएको छ।- एजेन्सी 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, चैत्र ९ २०८२१२:०३:०५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend