काठमाडौं - बंगलादेशमा आधा शताब्दी यताकै लामो गर्मी भएको छ । राजधानी ढाकालगायत बंगलादेशभर तापक्रम बढ्ने र तातो हावासहितको गर्मी चढ्ने क्रम जारी छ ।
गर्मीका कारण जनजीवन चौपट भएको छ भने देशभरका विद्यालयहरु बन्द गरिएका छन् । राजधानी ढाकाको तापक्रम ४२ डिग्री सेल्सियस माथि पुगेको छ ।
सन् १९७१ मा बंगलादेश बने यता यति लामो गर्मीको सामना गर्नु परेको पहिलो पटक भएको त्यहाँका मौसविद्हरुले बताएका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार गर्मीका कारण एयर कन्डिसनर, कुलर र पंखाको माग बढे पनि उर्जा अभावका कारण त्यस्ता उपकरणको प्रयोग हुन सकेको छैन ।
कोइलाबाट संचालित उर्जा प्लान्टहरुले भार थेग्न नसक्दा लामो लोडसेडिङ हुने गरेको समाचारमा उल्लेख छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।