आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

गौरीशङ्करका स्थानीयको आरोप: एमालेले तस्करी गरेर जडीबुटी र वन्यजन्तु सिध्यायो

गौरीशङ्करका स्थानीयको आरोप: एमालेले तस्करी गरेर जडीबुटी र वन्यजन्तु सिध्यायो

  • मिडिया डबली
  • बुधवार, फाल्गुण ६ २०८२

  • 669
    SHARES

  • गौरीशङ्करका स्थानीयको आरोप: एमालेले तस्करी गरेर जडीबुटी र वन्यजन्तु सिध्यायो

    दोलखा - दोलखाको गौरीशङ्कर गाउँपालिका ७ का स्थानीय डासोना शेर्पाले नेकपा एमालेमाथि प्राकृतिक स्रोतसाधनको दोहन र तस्करी गरेको गम्भीर आरोप लगाएका छन् । एमालेले शक्तिको आडमा बहुमूल्य जडीबुटीदेखि वन्यजन्तुसम्मको तस्करी गरेर गाउँलाई 'नाङ्गो' बनाएको उनले बताए ।

    शेर्पाका अनुसार जिल्लाको तथ्याङ्क हेर्ने हो भने अहिले वनमा चिरैतो, सुनपाती, धुपी, यार्सागुम्बा, पोङमार र मजुटाजस्ता बहुमूल्य जडीबुटीहरू लोप हुने अवस्थामा पुगेका छन् । उनले भने, "जम्मै एमाले पार्टीले सिध्यायो। अहिले वनमा केही बाँकी छैन, जडीबुटी मात्र होइन, डेङ्ग्रो काठसमेत सक्किइसक्यो । रेड पाण्डा र कस्तुरी मृगसमेत मारिएका छन् । खोलानालासमेत एमालेका नेताहरूले खल्तीमा हालेका छन्।"

    उनले पुर्खाको पालादेखि रहेको तामाखानी र गोब्रे सल्लाको जङ्गलसमेत संकटमा परेको भन्दै चिन्ता व्यक्त गरे। माथिल्लो भेगमा बस्ती नै नभएको ठाउँमा गोब्रे सल्ला तस्करी गर्ने उद्देश्यले सरकारको ठूलो लगानीमा सडक पुर्‍याइएको उनको दाबी छ।

     "त्यहाँ दुई-चार जना गोठालामात्र छन् । तर जङ्गल सिध्याउन त्यत्रो पैसा खर्च गरेर सडक खनियो। सडक खन्दा सिधासाधा मान्छेको जग्गा बिग्रियो, कसैले मुआब्जा समेत पाएनन्," उनले आक्रोश पोखे।

    आफूले यसबारे आवाज उठाउँदा उल्टै अपमानित हुनु परेको उनले बताए। घाँस दाउरा ल्याउन सडक खनिएको तर्क दिनेहरूलाई प्रश्न गर्दै उनले भने, "के घाँस दाउरा ल्याउनका लागि मात्रै नेपाल सरकारले त्यत्रो लगानी गर्छ? यो सब तस्करको सेटिङ हो ।"

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, जेठ ३ २०७९११:२२:३२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend