काठमाडौं - स्थानीय निर्वाचनमा पाँचदलीय गठबन्धन मिलेर गएका छन् । देशका सात सय ५३ मध्ये दुई सय स्थानीय तहमा तालमेल भएको छ ।
ती स्थानीय तहमध्ये कांग्रेसले केही र माओवादी केन्द्रले प्रायः सबैमा जित हात पारेको छ । केही जिल्लामा माओवादीले कांग्रेसमाथि ठूलो घात गरेको छ ।
२०७४ को निर्वाचनमा कांग्रेसले पाँच, एमालेले तीन र माओवादीले एक स्थानीय तह जितेको थियो । तर, यसपटक माओवादीसँग गठबन्धन गर्दासमेत कांग्रेसले एउटा तह जित्न सकेन ।
दार्चुलाका नौमध्ये चारमा माओवादी केन्द्र र पाँच स्थानीय तहमा एमालेले चुनाव जितेको छ । कांग्रेसको भागमा शून्य हात परेको छ । अघिल्लो निर्वाचनमा एउटा पनि स्थानीय तह नजितेको माओवादीले यसपटक कांग्रेसको साथ पाउँदा शतप्रतिशत जितेको छ ।
कांग्रेसले पाएको पाँच स्थानीय तहमा भने माओवादीले एमालेलाई भोट खन्याएर कांग्रेस उम्मेदवारलाई हराएको छ । दार्चुलाका नौ स्थानीय तहमध्ये पाँचवटामा कांग्रेस र चारवटामा माओवादी केन्द्रले प्रमुख पद पाउन सहमति भएको थियो । दार्चुलामा दुई नगरपालिका र सात गाउँपालिका छन् ।
कांग्रेसले दुई नगरपालिका र तीन गाउँपालिकामा प्रमुख पदमा उम्मेदवार उठाएको थियो । कांग्रेसले महाकाली र शैल्यशिखर नगरपालिका तथा दुहुँ, व्याँस र मालिकार्जुन गाउँपालिकामा प्रमुख पदमा उम्मेदवार उठाएको थियो ।
माओवादीले मार्मा, अपी, नौगाड र लेकम गाउँपालिकामा प्रमुख पाएको थियो । जसमा माओवादीले सबै जितेको छ । अहिले माओवादी नेताहरू कांग्रेसले धोका दियो भनेर आरोप लगाइरहेका छन् ।
तर, दार्चुलालगायतका केही जिल्लामा भने माओवादीले कांग्रेसलाई नभई एमाले उम्मेदवारलाई भोट हालेर ठूलो घात गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।