आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

दार्चुलामा माओवादीबाट कांग्रेसलाई ठूलो घात, आफूले पाएको सबै जित्यो, एमालेलाई मत हालेर कांग्रेस हरायो

दार्चुलामा माओवादीबाट कांग्रेसलाई ठूलो घात, आफूले पाएको सबै जित्यो, एमालेलाई मत हालेर कांग्रेस हरायो

  • मिडिया डबली
  • मंगलवार, जेठ ३ २०७९

  • 8.4K
    SHARES

  • दार्चुलामा माओवादीबाट कांग्रेसलाई ठूलो घात, आफूले पाएको सबै जित्यो, एमालेलाई मत हालेर कांग्रेस हरायो

    काठमाडौं - स्थानीय निर्वाचनमा पाँचदलीय गठबन्धन मिलेर गएका छन् । देशका सात सय ५३ मध्ये दुई सय स्थानीय तहमा तालमेल भएको छ ।

    ती स्थानीय तहमध्ये कांग्रेसले केही र माओवादी केन्द्रले प्रायः सबैमा जित हात पारेको छ । केही जिल्लामा माओवादीले कांग्रेसमाथि ठूलो घात गरेको छ ।

    २०७४ को निर्वाचनमा कांग्रेसले पाँच, एमालेले तीन र माओवादीले एक स्थानीय तह जितेको थियो । तर, यसपटक माओवादीसँग गठबन्धन गर्दासमेत कांग्रेसले एउटा तह जित्न सकेन ।

    दार्चुलाका नौमध्ये चारमा माओवादी केन्द्र र पाँच स्थानीय तहमा एमालेले चुनाव जितेको छ । कांग्रेसको भागमा शून्य हात परेको छ । अघिल्लो निर्वाचनमा एउटा पनि स्थानीय तह नजितेको माओवादीले यसपटक कांग्रेसको साथ पाउँदा शतप्रतिशत जितेको छ ।

    कांग्रेसले पाएको पाँच स्थानीय तहमा भने माओवादीले एमालेलाई भोट खन्याएर कांग्रेस उम्मेदवारलाई हराएको छ । दार्चुलाका नौ स्थानीय तहमध्ये पाँचवटामा कांग्रेस र चारवटामा माओवादी केन्द्रले प्रमुख पद पाउन सहमति भएको थियो । दार्चुलामा दुई नगरपालिका र सात गाउँपालिका छन् ।

    कांग्रेसले दुई नगरपालिका र तीन गाउँपालिकामा प्रमुख पदमा उम्मेदवार उठाएको थियो । कांग्रेसले महाकाली र शैल्यशिखर नगरपालिका तथा दुहुँ, व्याँस र मालिकार्जुन गाउँपालिकामा प्रमुख पदमा उम्मेदवार उठाएको थियो ।

    माओवादीले मार्मा, अपी, नौगाड र लेकम गाउँपालिकामा प्रमुख पाएको थियो । जसमा माओवादीले सबै जितेको छ । अहिले माओवादी नेताहरू कांग्रेसले धोका दियो भनेर आरोप लगाइरहेका छन् ।

    तर, दार्चुलालगायतका केही जिल्लामा भने माओवादीले कांग्रेसलाई नभई एमाले उम्मेदवारलाई भोट हालेर ठूलो घात गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend