काठमाडौं, २३ भदौ - सभामुख अग्निप्रसाद सापकोटा बोल्दाबोल्दै एमाले सांसदहरूले प्रतिनिधिसभाको रोस्ट्रम घेराउ गरेका छन् । एमाले सांसदहरूले नाराबाजी थालेका छन् ।
एमाले फुटाउन सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेको भन्दै जवाफ मागेका एमालेका सांसदहरुले नाराबाजी गरेका हुन् । एमालेको सांसदहरुको नाराबाजी भएपछि सभामुख सापकोटाले मर्यादा ननाघ्न चेतावनी दिएका थिए ।
एमाले सांसदहरू नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले संसद् बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।
प्रतिनिधिसभाको आजको बैठकमा सरकारले दुई दर्जनभन्दा बढी अध्यादेश पेस गर्ने तयारी गरेको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।