सोमवार, जेठ १५ २०८०May 29 2023

Logo
images

पैसा बाँड्न लागेको सुइँको पाएपछि इलाममा एमालेका गाउँपालिका अध्यक्षका उम्मेदवार नियन्त्रणमा

पैसा बाँड्न लागेको सुइँको पाएपछि इलाममा एमालेका गाउँपालिका अध्यक्षका उम्मेदवार नियन्त्रणमा

  • मिडिया डबली
  • बिहिवार, बैशाख २९ २०७९


  • पैसा बाँड्न लागेको सुइँको पाएपछि इलाममा एमालेका गाउँपालिका अध्यक्षका उम्मेदवार नियन्त्रणमा

    इलाम - मतदातालाई पैसा बाँड्न लागेको सुइँको पाएपछि इलाममा एमालेका वडाध्यक्षका उम्मेदवारलाई गाउँलेले लखेटेका छन् ।

    इलामको सन्दकपुर गाउँपालिकाको एमालेबाट अध्यक्षको उम्मेदवार रहेका उदय राईलाई स्थानीयवासीले नियन्त्रणमा लिएका छन् ।

    images
    images

    गाउँपालिका–५ को जमुनामा बुधबार राति पुगेका उनलाई आर्थिक चलखेल गर्न लागेको आरोपमा नियन्त्रणमा लिइएको हो । उनीसहित वडा सदस्य पदकी उम्मेदवार सीता कार्कीलाई समेत नियन्त्रणमा लिइएको बताइएको छ ।

    मौन अवधिमा दुवैजनालाई प्रचार–प्रसारको काममा लागेको आरोपमा स्थानीयवासीले होहल्ला गर्दै खेदाउन खोजेपछि सुरक्षाका लागि सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।

    जिल्लास्थित सशस्त्र प्रहरी बलका प्रमुख सुरेश सापकोटाले असुरक्षित हुने देखिएपछि सुरक्षाका लागि राखिएको बताए । मौन अवधिमा उम्मेदवार राईले मतदाताहरूलाई पैसालगायतका प्रलोभनमा पार्न लागेको भन्दै स्थानीयवासीहरुले विरोध गरेका थिए ।

    आचारसंहिता उल्लंघन गरेको भन्दै उनलाई कारबाही गर्नसमेत उनीहरूले माग गरेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १४ २०७९१२:५१:३३

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री
    • सन्जिब न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend