आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

प्रधानमन्त्री ओलीले बजेटबारे सबै मन्त्री र सचिवहरूसँग परामर्श गर्ने

प्रधानमन्त्री ओलीले बजेटबारे सबै मन्त्री र सचिवहरूसँग परामर्श गर्ने

  • मिडिया डबली डेक्स
  • बिहिवार, चैत्र २७ २०८१

  • 1.0K
    SHARES

  • प्रधानमन्त्री ओलीले बजेटबारे सबै मन्त्री र सचिवहरूसँग परामर्श गर्ने

    काठमाडौं । सरकार यतिबेला आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट बनाउने तयारीमा जुटेको छ।

    अर्थ मन्त्रालयले बजेट लेखनको काम सुरु गरिसकेको छ। वर्षेनी ठूलो आकारको बजेट ल्याउने र कार्यान्वयन हुन नसक्दा बीचमा संशोधन मार्फत घटाउने गरिएको छ। जसले गर्दा शिथिल अर्थतन्त्रलाई गति दिन सकेको देखिँदैन।

    यही बीचमा प्रधानमन्त्री केपी शर्मा ओलीले बजेटबारे सबै मन्त्री र सचिवहरूसँग परामर्श गर्ने भएका छन्। 

    उनले दिउँसो साढे ३ बजे सबै मन्त्री र सचिवसँग सिंहदरबारमा छलफल गर्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

    पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले यस वर्षदेखि फागुन महिनाबाटै प्रिबजेट छलफल चलाउने र पर्याप्त छलफल गर्नेगरी कार्यतालिका बनाएको थियो । तर, वर्तमान सरकारले त्यसलाई पछ्याउन सकेन ।

    अहिले मन्त्रालयहरू बजेट सिलिङको तयारीमा छन् । प्रधानमन्त्री ओलीले त्यसबारे पनि जानकारी लिँदै आगामी नीति तथा कार्यक्रमबारे छलफल गर्न लागेका हुन्। 

    सरकारले हरेक जेठ १५ मा आगामी आर्थिक वर्षको बजेट संघीय संसदमा पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, माघ २१ २०८१०३:०५:३३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend