आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

सिद्धबाबा सुरुङ मार्गको ‘ब्रेक थ्रु’ प्रधानमन्त्री ‍ओलीले गर्ने

सिद्धबाबा सुरुङ मार्गको ‘ब्रेक थ्रु’ प्रधानमन्त्री ‍ओलीले गर्ने

  • मिडिया डबली डेक्स
  • शुक्रवार, माघ ११ २०८१

  • 789
    SHARES

  • सिद्धबाबा सुरुङ मार्गको  ‘ब्रेक थ्रु’ प्रधानमन्त्री ‍ओलीले गर्ने

    पाल्पा । प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार पाल्पा आउँदै छन्। उनी बिहान ११ बजे यहाँ आइपुग्ने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी तोयानारायण सुवेदीले बताए।

    प्रधानमन्त्री ओलीले सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा बुटवल सडकखण्डमा पर्ने सिद्धबाबामा निर्माणाधीन सुरुङ मार्ग‘ब्रेक थ्रु’ गर्नेछन्।

    सुरुङ मार्ग एक हजार १२६ मिटर लामो छ। ब्रेक थ्रु गर्न एक मिटर राखिएको छ। रिमोटको सहायताले प्रधानमन्त्रीले बाँकी रहेको भाग ‘ब्लाष्ट’ गरेर ब्रेक थ्रु गर्ने कार्यक्रम रहेको आयोजना प्रमुख कृष्णराज अधिकारीले बताए।

    २०७८ फागुनमा निर्माणका लागि ठेक्का सम्झौता भएको थियो।पाँच वर्षमा निर्माण कार्य सक्नेगरी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ठेक्का लिएको थियो। कम्पनीले २०७९ सालको अन्तिमबाट सुरुङ खन्न शुरु गरेको थियो।

    सात अर्ब ३४ करोड २१ लाख ४० हजार रूपैयाँ लागतमा  निर्माण भएको हो। सुरुङको सबै काम आगामी २०८३ चैत मसान्तसम्म सम्पन्न हुने अधिकारीले बताए।

    आयोजना प्रमुख अधिकारीका अनुसार सुरुङमार्गका तीनवटै बाइपास सुरुङ ब्रेक थ्रु भइसकेका छन्। 

    सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा यो सुरुङलाई अगाडि सारेको छ। यो  मार्ग बनेपछि बुटवलबाट पाल्पा, गुल्मी, स्याङ्जा, कास्की, बागलुङ, पर्वत लगायत लुम्बिनी र गण्डकी प्रदेशका पहाडी जिल्लामा आवतजावत गर्न सहज हुने आशा गरिएको छ।

    सुरुङ मार्ग ब्रेक थ्रु गर्नुअघि प्रधानमन्त्री ओलीले पाल्पाको बगनासकाली गाउँपालिका र तिनाउ गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको प्रजिअ सुवेदीले बताए। 

    पाल्पामा कार्यक्रम सकिएपछि उनले रूपन्देहीको बुटवलस्थित जितगढीमा बुटवल-गोरुसिंगे सडकको शिलान्यास गर्ने कार्यक्रम छ। 

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, माघ २५ २०८१०९:०६:२१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend