आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

युवाहरु अब आफ्नै देश बनाउन लाग्नुपर्छ : प्रधानमन्त्री ओली

युवाहरु अब आफ्नै देश बनाउन लाग्नुपर्छ : प्रधानमन्त्री ओली

  • मिडिया डबली डेक्स
  • सोमवार, माघ २१ २०८१

  • 972
    SHARES

  • युवाहरु अब आफ्नै देश बनाउन लाग्नुपर्छ : प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबैले आत्मविश्वासका साथ काम गरेमा अब नेपाल पछाडि पर्नुपर्ने कुनै कारण नरहेको बताएका छन्।

    श्रीपञ्चमीका अवसरमा फिनिक्स इस्पिरेसन र इम्प्रेरियल वल्ड स्कुलद्वारा आयोजित ‘युवा अन्तरक्रिया कार्यक्रम’ मा प्रधानमन्त्री ओलीले विकासका पूर्वाधार बनाएर र आधुनिक गुणस्तरीय शिक्षा दिएर युवाहरूलाई विश्व बजारको प्रतिस्पर्धी बनाउने संकल्प पनि गरे।

    'विदेशमा गएर नेपाली युवाले अरूका देश बनाएका छन् । अब हामीले आफ्नै देश बनाउन ध्यान दिनुपर्छ । हामीसँग एक करोड युवा अहिले पनि स्वदेशभित्रै छन् । त्यसैले अब हामी हाम्रो देश बनाउँछौँ ।’, विद्यार्थीहरूलाई आग्रह गर्दै प्रधानमन्त्री ओलीले भने, ‘यस देशबाट गरिबी समाप्त पार्नुपर्छ । देशको स्वाधीनताको झण्डा झुक्न दिन हुँदैन र देशलाई समृद्ध नेपाल बनाउनुपर्छ ।’

    प्रधानमन्त्री ओलीले ज्ञानभूमि र तपोभूमिका साथै पुर्खाको गौरवगाथाले भरिएको नेपाल कहिल्यै कुनै पनि देशको अधीनमा बस्नु नपरेको स्मरण गराउँदै विद्यार्थीहरूलाई देशभक्तिलाई शीरमा बोकेर इमानदार बनेमा सफलतामा पुग्न सकिने सुुझाव दिए। उनले विद्यार्थीहरू अरूको बहकाउमा लाग्न नहुने र असल नेपाली संस्कारलाई पछ्याउनु लाग्नुपर्नेमा जोड दिँदै युवाहरूका लागि स्वदेशमै अवसरहरूको सृजना गर्न सरकारले विशेष ध्यान दिइरहेको उल्लेख गरे।

    नेपाल र चीनबीचको सम्बन्धबारे एक विद्यार्थीको प्रश्नमा प्रधानमन्त्री ओलीले नेपालले चीन, भारतलगायत विभिन्न देशसँग मित्रवत् सम्बन्ध राख्दै आएको बताउँदै हालैको औपचारिक चीन भ्रमणका क्रममा ‘बेल्ट एण्ड रोड इनिसियटिभको फ्रेमवर्क’मा सम्झौतालगायत विभिन्न सहकार्य विस्तार भएको बताए।

    नेपालको भलाइका लागि तपाईँले देखेको सबैभन्दा ठुलो सपना के हो ? भन्ने प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ नै आफ्नो ठुलो सपना भएको स्पष्ट गरे। प्रधानमन्त्री ओली समक्ष विद्यार्थीहरूले उनका रुचीका विविध पक्षमा पनि प्रश्न गरेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, माघ २५ २०८१०९:०६:२१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend