काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कानून निर्माण काम रोक्नका लागि नभइ काम गर्नका लागि बनाउनुपर्ने बताएका छन्।
शुक्रबार काठमाडौंमा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) को २५औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले अहिले सरकारले काम गर्नका लागि अध्यादेश ल्याएको बताए। उनले कतिपयले यसको विरोध गर्न खोजिरहेको भन्दै १५/२० दिनमा संसदमा पेश भएर दुई महिनाभित्र कानूनको रुप लिइसक्ने बताए।
उनले दुई महिनासम्म देशका कामहरु रोकेर राख्न नमिल्ने बताए। उनले एउटा देशका लागि दुई महिनाको समय धेरै नै महत्वपूर्ण रहेको बताए।
उनले विकासका काम अघि बढाउने र जनतको सेवा गर्ने व्यवसायमैत्री सकारात्मक कानूनहरुको निर्माण जरुरी रहेको बताए।
प्रधानमन्त्री ओलीले नेपाली जनतालाई अब गरिब छोडिरहन नसक्ने बताए। उनले आत्मविश्वासका साथ अघि बढे गरिबी निवारण सम्भव रहेको बताए। सम्पूर्ण जनता अधिकार सम्पन्न हुनुपर्ने र अधिकारको निर्वाध उपयोग गर्न पाउनुपर्ने बताए।
प्रधानमन्त्री ओलीले भने, ‘अहिले हामीले भर्खर कानून अध्यादेशमार्फत ल्याएका छौँ। कतिपयले त्यसको बिरोध गर्न खोजिरहेका छन्। अध्यादेशले शासन खोज्यो भने। १५/२० दिनभित्र संसद आइसक्छ। संसद आएको पहिलो दिन त्यहाँ पेश गर्छौं। त्यहाँ छलफल गर्छौं। र अगाडि बढाउँछौँ। दुई महिनाभित्र त्यसको टुंगो लागिसक्नुपर्छ। तर दुई महिनासम्म काम रोकेर बस्न मिल्दैन। एउटा देशको दुई महिना भनेको महत्वपूर्ण छ। अत्यन्त जरुरी कुराहरु। अहिले खोल्न जरुरी छ। उद्यमी व्यवसायीहरु अहिले तड्पिएका छन्। हाम्रा नीतिहरु, कानूनहरु बन्नुपर्दछ, काम गर्नका लागि, काम रोक्नका लागि होइन। रोक्न कानून बनेका छन् भने त्यस्ता कानूनलाई फेर्न पर्दछ।'
प्रधानमन्त्री ओलीले अधिकारको उपयोगको नाममा सभ्य समाजलाई पाच्य नहुने कुरा बोल्न नहुने बताए। उनले ऊर्जाको प्रयोग नबढाई नहुने बताए। नेपालसँग १ लाख २० हजार मेगावाट भन्दा बढी उर्जा क्षमताको भरपुर प्रयोग गर्नुपर्ने बताए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।