काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन्।
शनिवार थाइल्याण्डको ५ दिने औपचारिक भ्रमण सकेर प्रधानमन्त्री ओली स्वदेश फर्किएका हुन्। प्रधानमन्त्री ओली चैत्र १९ गते बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलनमा सहभागी हुन थाइल्याण्ड प्रस्थान गरेका थिए।
शुक्रवार बिमस्टेक सम्मेलनलाई प्रधानमन्त्री ओलीले सम्बोधन गरेसँगै आज स्वदेश फर्किएका हुन्। थाइल्याण्ड भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले थाइल्याण्डका प्रधानमन्त्री पेथोङथान शिनावात्रा, भूटानका प्रधानमन्त्री छिरिङ तोब्गे, म्यान्मारका प्रधानमन्त्री मिन आङ हलिङ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, श्रीलंकाका प्रधानमन्त्री डा हरिनी अमरासुरियासँग भेटवार्ता गरेका थिए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।