आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

छुट्टाछुटै सवारी दुर्घटनामा तीन जनाको ज्यान गयो

छुट्टाछुटै सवारी दुर्घटनामा तीन जनाको ज्यान गयो

  • मिडिया डबली डेक्स
  • शनिवार, चैत्र २२ २०८१

  • 1.1K
    SHARES

  • छुट्टाछुटै सवारी दुर्घटनामा तीन जनाको ज्यान गयो
    फाइल तस्बिर

    काठमाण्डौ ।  मोरङ र बैतडीमा भएको दुर्घटनामा तीन जनाको ज्यान गएको छ । मोरङको रतुवामाइमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको र बैतडीमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको हो ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका अनुसार गएराति रतुवामाई नगरपालिका–६ मा को ९ प ७२९५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक रतुवामाइ–१ कल्याणपुरका ४२ वर्षीय सोम टुडू र उहाँकी श्रीमती ३५ वर्षीया वामनी हेमरामको ज्यान गएको हो ।

    यस्तै बैतडीको दशरथचन्द नगरपालिका–११ को नानीगाडमा ५६५९ नम्बरको जीप दुर्घटना हुँदा पञ्चेश्वर गाउँपालिका–५ का ५४ वर्षीय चन्चले दयालको ज्यान गएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयो ।

    जीप चालक ३५ वर्षीय राकेस कोलीसहित ३० वर्षीया कविता परियार र ५२ वर्षीय लालीराम कोली घाइते हुनुभएको छ । घाइते सबैको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, मंसिर १२ २०७७०८:३८:५३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend