काठमाडौं - प्युठानबाट काठमाडौं आउँदै गरेको जिप आज बिहान त्रिशूली नदीमा खस्दा आमाछोरीसहित ३ जना बेपत्ता भएका छन्। लु १ च ९७३१ नम्बरको जिप बिहीबार बिहान मुग्लिनभन्दा करिब २ किलोमिटर वर त्रिशूलीमा खसेको हो।
गाडीका चालक सूर्य केसी, यात्रु प्युठानको झिम्रुक गाउँपालिका–५ खहरेकी जमुना रोका र उनकी ११ वर्षीया छोरी नदीमा बेपत्ता भएको जमुनाका भाइ शरद रोकाले जानकारी दिएका छन्। उनका अनुसार जमुनाका श्रीमान मुकुन्दराज रोका भने नदीबाट पौडी खेलेर बाँच्न सफल भएका छन्। तर घाइते छन्।
उनको अहिले भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। गोताखोरसहितको प्रहरी टोली परिचालन गरी बेपत्ताको खोजी भइरहेको छ। जिप फेला परिसकेको छैन।
मुकुन्दराज रोका राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल युवक संघका केन्द्रीय उपाध्यक्ष हुन्। छोरीको उपचारका लागि रोका दम्पत्ती बुधबार राति काठमाडौं आउँदै थिए। पत्थरीको अप्रेसन गरेकी ११ वर्षीया बालिकामा इन्फेक्सन भएपछि थप उपचारका लागि उनीहरु काठमाडौं आउँदै थिए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।