काठमाडौं - गएराती कन्चनपुरको कृष्णपुर नगरपालिका क्षेत्रमा ट्याक्टर र मोटरसाइकलबीच ठक्कर हुँदा एक महिलाको मृत्यू भएको छ। कृष्णपुर ३ वाणी देखतभुली मार्गमा से १ त ९५३३ नम्बरको ट्याक्टरले म १ प ६७६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार रामेश्वरी जोशीको मृत्यू भएको हो।
उनको उपचारको क्रममा मृत्यू भएको हो। दुर्घटनामा मोटरसाइकल चालक डम्बरदेव जोशी र उनकी छोरी ममताको अवस्था गम्भिर छ। डम्बरको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ भने छोरी ममतालाई भने थप उपचारको लागि काठमाडौं पठाइएको छ।
दुर्घटनामा मृतक जोशी श्रीमती, चालक जोशी श्रीमान र ममता छोरी रहेको प्रहरीले जनाएको छ। घाइते बाबु छोरीको अवस्था पनि गम्भिर रहेको प्रहरीले जनाएको छ। प्रहरीले ट्र्याक्टर र चालक शुक्लाफाँटा नगरपालिका–१२ का लक्की रानालाई नियन्त्रणमा लिएको जनाएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।