शिब अधिकारी, सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिका १ बनकट्टामा विङगर र फलपूल बोकेको बोलेरो जिप एक आपसमा ठोकिएका छन् ।
सालझण्डीबाट बुटवलतर्फ जाँदै गरेको पश्चिम नेपाल बस व्यवसायी संघको लु १ ज ४२८९ नम्बरको विङगर र बुटवलबाट पश्चिम तर्फ आउँदै गरेको लु १ च ६७४७ नम्बरको बोलेरो जिप ठोकिए दुर्घटना भएको ईलाका प्रहरी कार्यालय रन्यौरा मुर्गियाले जनाएको छ ।
दुर्घटनामा ८ जना घाईते भएको ईलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी निरिक्षक आदित्य राज बिष्टले बताउनुभयो । उहाँले दिएको जानकारी अनुसार दुर्घटनामा परि घाईते भएका ६ जना सामान्य २ जनाको अवस्था गम्भिर रहेको छ ।
घाईते सबैलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाईको र घटनाको अनुसन्धान भईरहेको निरिक्षक बिष्टले जानकारी दिनुभयो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।