आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

प्रधानमन्त्री ओलीद्वारा कुलमान हटाएको बिषयमा जवाफ दिनु नपर्ने टिप्पणी

प्रधानमन्त्री ओलीद्वारा कुलमान हटाएको बिषयमा जवाफ दिनु नपर्ने टिप्पणी

  • मिडिया डबली डेक्स
  • बुधवार, चैत्र १२ २०८१

  • 1.2K
    SHARES

  • प्रधानमन्त्री ओलीद्वारा कुलमान हटाएको बिषयमा जवाफ दिनु नपर्ने टिप्पणी

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाइएको बारे संसदमा आफूले जवाफ दिनु नपर्ने बताएका छन्।

    युवा संघको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सरकारले एउटा कर्मचारी हटाउँदा  संसद अवरोध गर्ने प्रतिपक्षी दलहरूप्रति कटाक्ष गरे।

    सरकारले एउटा कर्मचारीलाई हटाउँदा केहीले छाती पिटिपिटी रोइरहेको टिप्पणी गर्दै प्रधानमन्त्री ओलीले  आफूले संसदमा जवाफ दिइरहनु नपर्ने स्पष्ट गरे।

    कुलमानलाई हटाउनुपर्ने कारणबारे सरकारले जवाफ दिनुपर्ने भन्दै विपक्षी दलहरूले बुधबार दुई पटक बसेका बैठक अवरुद्ध गरेका थिए।

    यसप्रति लक्षित गर्दै ओलीले भने, ‘ प्रधानमन्त्रीले जवाफ दिइसक्यो । एउटा हटायो, अर्को नियुक्ति गर्यो, सक्कियो । यही हो जवाफ । उहाँहरूलाई सहयोग हुने उहाँहरूले जो भन्यो त्यही नियुक्ति गर्ने हाम्रो काम होइन।’ 

    प्रधानमन्त्री ओलीले यही चैत १८ गतेभित्र अध्यादेशहरूलाई प्रतिस्थापन विधेयक ल्याएर पारित गर्नुपर्ने अवस्थामा त्यसलाई रोक्न विपक्षीले सदन अवरोधको काम थालेकामा चिन्ता व्यक्त गरे।

    विपक्षीलाई आग्रह गर्दै प्रधानमन्त्रीले भने, ‘यति सस्तो, यति हल्का र यति उत्ताउलो नहुनुस् तपाईँहरु। प्रधानमन्त्रीका सवालमा जथाभावी नबोल्नुस्। आखिर तपाईँहरु चिसै पानीले नुहाउनुपर्छ । हामी न मात्तिछौँ । न आत्तिन्छौँ । धैर्यपूवर्क अगाडि बढ्छौँ ।’

     

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, माघ २१ २०८१०३:०५:३३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend