आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

गणतन्त्रको पक्षमा प्रदर्शन गर्दै समाजवादी मोर्चा

गणतन्त्रको पक्षमा प्रदर्शन गर्दै समाजवादी मोर्चा

  • मिडिया डबली डेक्स
  • मंगलवार, फाल्गुण २७ २०८१

  • 843
    SHARES

  • गणतन्त्रको पक्षमा प्रदर्शन गर्दै समाजवादी मोर्चा

    काठमाडौँ । समाजवादी मोर्चाले आगामी चैत १५ गते काठमाडौँमा गणतन्त्रको पक्षमा प्रदर्शन गर्ने निर्णय गरेको छ।

    मंगलवार आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा बसेको मोर्चाको बैठकले चैत १५ गते गणतन्त्रको पक्षमा एवं प्रतिगामी हर्कतहरुविरुद्ध संयुक्त विरोधसभा गर्ने निर्णय गरेको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले बताए। 

    उनका अनुसार आउँदो चैत १ गते विहान मोर्चाको बैठक बस्ने र दिउँसो पत्रकार सम्मलेन गर्दै जनतामा गणतन्त्रविरोधी कदमको विरोध गर्न आह्वान गर्ने निर्णयसमेत भएको छ। उनले बैठकले देशको पछिल्लो राजनीतिक परिस्थितिबारे गम्भिर विश्लेषण गरेर वस्तुगत निष्कर्ष निकालेको बताए।

    मुलुकमा अलोकतान्त्रिक घट्नाक्रमहरु घटाउने कुचेष्टा र नेपाली जनताको पटक पटकको बलिदानीबाट प्राप्त गणतन्त्रका विरुद्ध गम्भिर षड्यन्त्र शुरु निष्कर्षसमेत बैठकले निकालेको उनले बताए।

    ‘देशलाई प्रतिगमनतिर लाग्ने जुन हर्कतहरु चलिरहेका छन्, यो नेपाली जनताको निम्ति स्विकार्य छैन र नेपाली जनताको साझा भावना र उद्देश्यको प्रतिनिधित्व गरिरहेको समाजवादी मोर्चाको लागि यो सह्य छैन। नेपालका कम्युनिष्ट र वामपन्थीहरुका निम्ति यो सह्य छैन‚’ उनले भने, ‘यो प्रतिक्रान्ति हर्कत भनेको नेपाली जनताको दुर्दशा निम्त्याउने, देशलाई अशान्तितिर धकेल्ने र देशलाई फेरि भड्खालोमा हाल्ने कदका रुपमा आउन थालेको छ। आगामी चैत १५ गते काठमाडौँमा गणतन्त्रको पक्षमा र प्रतिगामी हर्कतको खिलाफमा काठमाडौँ विरोध सभा आयोजना गर्ने निर्णय गरिएको छ।’

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, माघ १६ २०८१०५:५९:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend