आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images
आजको बिशेष

समाजवादी मोर्चा गठन भएसँगै आठदलीय गठबन्धन कोमामा

समाजवादी मोर्चा गठन भएसँगै आठदलीय गठबन्धन कोमामा

  • मिडिया डबली
  • सोमवार, आषाढ ४ २०८०

  • 5.3K
    SHARES

  • समाजवादी मोर्चा गठन भएसँगै आठदलीय गठबन्धन कोमामा

    काठमाडौैं - चार दल सम्मिलित समाजवादी मोर्चा नेपाल घोषणा भएसँगै आठदलीय गठबन्धन कोमामा पुगेको छ । सोमबार राष्ट्रिय सभागृहमा आयाजित विशेष कार्यक्रममा मोर्चाको घोषणा भएको हो ।

    माओवादी अध्यक्ष पुष्कपमल दाहाल प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले औपचारिक रूपमा समझदारीपत्रमा हस्ताक्षर गरेसँगै समाजवादी मोर्चा नेपालको औपचारिक रूपमा घोषणा भएको हो ।

    मोर्चामा ५४ जना सांसद छन् । मोर्चामा आलोपालो अध्यक्षता गर्ने सहमति भएको छ । चार दलका तर्फबाट प्रचण्ड, नेपाल, यादव र विप्लवले पालैपालो अध्यक्षता गर्नेछन् ।

    अहिले मोर्चा गठन गरिए पनि भविष्यमा यसलाई नै पार्टीमा रूपान्तरण गर्ने प्रचण्डको रणनीति छ । जसमा विप्लवले पनि साथ दिएका छन् ।

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विदेश गएको मौका पारेर आठदलीय गठबन्धनको उपगठबन्धन समाजवादी मोर्चा घोषणा भएको हो ।

    आठदलीय गठबन्धन हुँदाहुँदै, कांग्रेसको असहमतिका बाबजुद पनि समाजवादी मोर्चा गठन गरिनुलाई सामान्य मानिएको छैन । त्यसैले अब स्वदेश फर्केपछि कांग्रेस सभापति देउवाले यसबारे कस्तो प्रतिक्रिया जनाउने हुन् ? त्यो हेर्न बाँकी छ ।

    अब प्रचण्डले आठदलीय बैठक बोलाउँछन् कि समाजवादी मोर्चाको बैठक राखेर सरकार चलाउँछन् ? त्यो भने खुलिसकेको छैन । कांग्रेस र एमालेलाई तर्साउनकै लागि सिंहदरबार हेरेर प्रचण्डले समाजवादी मोर्चा गठन गरेको खुलिसकेको छ ।

    यो लामो समय नटिक्ने र बीचमै छिन्नभिन्न हुने अनुमान पनि गरिएको छ । किनभने एकीकृत समाजवादीका नेता झलनाथ खनालले सुरुमै यसको विरोध गरेका छन् ।

    तीव्र असहमतिका बाबजुद खनाल घोषणा कार्यक्रममा उपस्थित भने भएका छन् । खनालले एमाले जान खुट्टा उचालिसकेका थिए । तर केही समयका लागि रोकिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, फाल्गुण २७ २०८१०८:२१:१६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend