आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

प्रधानमन्त्री ओलीले कर्णाली प्रदेश सभामा सम्बोधन गर्ने

प्रधानमन्त्री ओलीले कर्णाली प्रदेश सभामा सम्बोधन गर्ने

  • मिडिया डबली डेक्स
  • शुक्रवार, फाल्गुण २३ २०८१

  • 612
    SHARES

  • प्रधानमन्त्री ओलीले कर्णाली प्रदेश सभामा सम्बोधन गर्ने

    काठमाण्डौ । सुर्खेतमा रहेको मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोह आज हुँदैछ । दीक्षान्त समारोहमा ३ हजार ८ सय ४१ जना विद्यार्थी दीक्षित हुने विश्वविद्यालयका डीन लिलाधर तिवारीले जानकारी दिनुभएको छ ।

    उहाँका अनुसार दीक्षित हुनेमा स्नातक तहमा २ हजार १ सय ८९, स्नातकोत्तर तहका १ हजार ६ सय ३३, दर्शनाचार्य तहमा १९ जना विद्यार्थी दीक्षित हुने छन् ।

    विश्वविद्यालयको केन्द्रीय प्रशासनिक भवन कुइनेपानीमा हुने दीक्षान्त समारोहमा कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुनुहुनेछ ।

    कार्यक्रममा भारतको सिक्किम केन्द्रीय विश्वविद्यालयका संस्थापक एवम् जवाहरलाल नेहरु विश्वविद्यालयका प्राध्यापक डा.महेन्द्र पी लामाको प्रमुख आतिथ्यता रहनेछ ।

    दीक्षान्त समारोहपछि प्रधानमन्त्री ओलीले कर्णाली प्रदेशसभालाई विशेष सम्बोधन गर्ने कार्य तालिका रहेको प्रदेशसभा सचिव जीवराज बुढाथोकीले बताउनुभयो ।

    प्रदेशसभालाई सम्बोधन गरेपछि प्रधानमन्त्री ओलीले मध्यपश्चिम विश्वविद्यालयको इन्जिनियरिङ संकायको भवन उद्घाटन गर्ने कार्यक्रम छ ।

    त्यसपछि आजै उहाँले आउँदो जेठमा १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने तय गरिएको कर्णाली रङ्गशालाको निरीक्षण गर्ने कार्यतालिका रहेको छ । रङ्गशाला निरीक्षणपछि प्रधानमन्त्री ओली आजै काठमाण्डौ फर्किनुहुनेछ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, माघ २१ २०८१०३:०५:३३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend