मंगलवार, आश्विन २० २०८३Oct 06 2026

Logo
images images

सामुदायिक वनमा दुई जना मृत फेला

सामुदायिक वनमा दुई जना मृत फेला

  • मिडिया डबली डेक्स
  • आइतवार, फाल्गुण १८ २०८१

  • 729
    SHARES

  • सामुदायिक वनमा दुई जना मृत फेला

    धनगढी ।  कैलालीको धनगढी उपमहानगरपालिका–९ सालघारीस्थित शैलेश्वरी सामुदायिक वनमा दुई जना मृत फेला परेका छन्।

    धनगढी उपमहानगरपालिका–१० बस्ने अन्दाजी ३२ वर्षीय देवल चौधरी र सोही ठाउँका अन्दाजी ३४ वर्षीय कैदा राना मृत भेटिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

    सो कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराका अनुसार चौधरीको शव रुखमा झुण्डिएको अवस्थामा भेटिएको थियो। साइकलमा सामान बाध्ने रबरले पासो लगाएर झुन्डिएको अवस्थामा देवल फेला परेको उनले बताए। 

    चौधरी घटनास्थलभन्दा केही टाढा भुइँमा पल्टिएको अवस्थामा रानाको शव फेला परेको जनाइएको छ। 

    बिहान वनमा दुई वटा शव देखेपछि स्थानीयले अस्थायी प्रहरी पोष्ट जुगेडालाई खबर गरेका थिए। घटनास्थलमा पुगेर प्रहरीले अनुसन्धान गरिरहेको छ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, पौष २० २०८१०५:२१:००

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend