काठमाडौँ । काठमाडौँ महानगरपालिका–९ गौशाला स्थित बागमती होटलमा मृत फेला परेकी युवतीको हत्या भएको आशंका गरिएको छ । कागेश्वरी मनोहरा नगरपालिका घर भएकी सुस्मिता खड्का बुधवार ३०८ नम्बर कोठामा मृत अवस्थामा फेला परेकी थिइन् ।
घटनाबारे उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको छ । उनको हत्या भएको आशंका गरिएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले जानकारी दिए । उनी पुस १६ मा सो होटलमा पुगेकी थिइन् ।
शव पोष्टमार्टमका लागी त्रिवि शिक्षण अस्पतालमा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए । ढोका नखुलेपछि फुटाएर हेर्दा उनी मृत अवस्थामा भेटिएकी हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।