आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

आवश्यकतानुसार प्रदेश थपघट गर्न सकिन्छ : प्रधानमन्त्री ओली

आवश्यकतानुसार प्रदेश थपघट गर्न सकिन्छ : प्रधानमन्त्री ओली

  • मिडिया डबली डेक्स
  • शनिवार, फाल्गुण १० २०८१

  • 690
    SHARES

  • आवश्यकतानुसार प्रदेश थपघट गर्न सकिन्छ : प्रधानमन्त्री ओली

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यकतानुसा प्रदेश थपघट हुने बताएका छन्। यसैक्रममा उनले सात प्रदेश बढेर ९ वटा हुनसक्ने र घटेर ५ वटा हुन सक्ने पनि बताए।

    शनिवार प्रथम महिला राधिका शाक्यको आत्मकथा करुणाको लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले लोकतन्त्र र लोकतान्त्रिक प्रणालीमा बाहेक संरचनागत पक्ष बढी सुधार हेरफेर हुनसक्ने बताए।

    नागरिकको आवश्यकता हेरेर प्रदेश घटबढ गर्न सकिने बताए। उनले देश, विकास र जनताको आवश्यकतानुसार सुधार हुने कुरालाई रुवाबासी गर्न जरुरी नरहेको जिकिर गरे। उनले अब राजनीतिक परिवर्तन गर्नुपर्ने, प्रणाली नै हेरफेर गर्न आवश्यक नरहेको भन्दै सुधार गर्ने कुरालाई सामान्य रूपमा लिनुपर्ने बताए। 

    प्रधानमन्त्री ओलीले भने, ‘लोकतन्त्र र लोकतान्त्रिक प्रणालीमा पनि हेरफेर र सुधार हुनसक्छ तर अझ त्यसका संरचनागत पक्षहरू बढी सुधार हेरफेर हुन सक्छन्। सातवटा प्रदेश ९ वटा पनि हुनसक्छन्, सातवटा प्रदेश पाँचवटा पनि हुनसक्छन्। त्यसो भयो भने पनि कुनै रुवावासी गर्नुपर्ने अवश्यक छैन। ६ वटा पनि हुनसक्छ। त्यो देशलाई आवश्यकता, विकासलाई आवश्यकता, जनतालाई आवश्यकता कस्तो हुन्छ, त्यसअनुसार गर्ने कुरा हो।’

    प्रधानमन्त्री ओलीले भक्तपुरको बालकोटमा रहेको घर आफ्नो बलबुताले बनाएको नभई श्रीमती राधिका शाक्यको कमाइबाट बनाएको बताए। उनले उक्त घर पनि नेपाल ट्रस्टलाई दान गरिसकेको बताए। उनले आफूजति श्रीमतीसँग खुशी मानिस अर्को सायदै हुने बताए। 

    प्रधानमन्त्री ओलीले श्रीमती राधिका नहुने हो भने अहिलेसम्म आफू बाँच्न सम्भव नरहेको जिकिर गरे। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, माघ २१ २०८१०३:०५:३३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend