आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

मुख्यमन्त्रीसँग भर्चुअल संवाद गर्दै प्रधानमन्त्री ओली

मुख्यमन्त्रीसँग भर्चुअल संवाद गर्दै प्रधानमन्त्री ओली

  • मिडिया डबली डेक्स
  • शुक्रवार, माघ २५ २०८१

  • 675
    SHARES

  • मुख्यमन्त्रीसँग भर्चुअल संवाद गर्दै प्रधानमन्त्री ओली

    काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल संवाद गर्दै छन्। 

    आज दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको एक्सन रुमबाट प्रधानमन्त्री ओलीले सबै मुख्यमन्त्रीसँग संवाद गर्न लागेका हुन्।  

    विकास निर्माण तथा आयोजनाहरुको प्रगतिका सम्बन्धमा प्रधानमन्त्री ओलीले सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग संवाद गर्न लागेको  प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। चालू आर्थिक वर्षको सात महिना बित्न लाग्दासमेत प्रदेश सरकारहरुको पूँजीगत खर्चको अवस्था सन्तोषजनक छैन। अर्कोतर्फ तारन्तार हुने प्रदेशस सचिव परिवर्तन, आवश्यक कानुनको अभाव लगायतका कारणले पनि प्रदेश सरकारले गरेका काम प्रभावकारी देखिन सकेका छैनन्। 

    झण्डै एक घण्टा मुख्यमन्त्रीहरुसँगको छलफलपछि प्रधानमन्त्री ओली दिउँसो २ बजे संगरमाथा संवादको तयारी बैठकमा सहभागी हुने उनको सचिवालयले जनाएको छ। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, माघ २१ २०८१०३:०५:३३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend