बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

ओलीलाई बाघ र प्रचण्डलाई ब्वाँसोको संज्ञा

ओलीलाई बाघ र प्रचण्डलाई ब्वाँसोको संज्ञा

  • मिडिया डबली डेक्स
  • बिहिवार, पौष २५ २०८१

  • 1.4K
    SHARES

  • ओलीलाई बाघ र प्रचण्डलाई ब्वाँसोको संज्ञा

    काठमाडौं ।  पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बाघ र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ब्वाँसोको संज्ञा दिएका छन्। 

    दुवै पार्टीको सम्पन्न केन्द्रीय कमिटी बैठकलाई तुलना गर्दै भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओली अलि बढी खुला र प्रष्ट भएको विश्लेषण गरेका छन्।  उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सदा झैँ कुटिल र छद्म रहेको टिप्पणी गरेका छन्।

    उनले नेपालको जटिल भूराजनीतिक सन्दर्भ केलाउँदै नेपाल र रूसको नियति फरक होला? भन्दै प्रश्न समेत गरेका छन्।

    ‘ओली र प्रचण्डका कम्युनिष्ट पार्टीहरूको हालैको बैठकको तुलनात्मक दृश्य र प्रवृत्ति हेर्दा ब्रेज्नेभ कालको रूसी पार्टीको झल्को आयो–बाहिरी रूप समाजवादी भित्री सार नोकरशाही पुँजीवादी।’  नेसपाका अध्यक्षसमेत रहेका भट्टराईले भनेका छन्, ‘बरू ओली अलि बढी खुला र प्रष्ट। प्रचण्ड सदा झैं कुटील र छद्म। खासगरी नेपालको जटील भूराजनीति र शक्तिकेन्द्रहरूको चलखेलको सन्दर्भमा र क्रान्तिकारी लफ्फाजीको प्रयोगमा। बाघ  भर्सेज ब्वाँसो?  नेपाल र रूसको नियति फरक होला?’

    एमाले र माओवादी बैठक केन्द्रीय कमिटी बैठक आइतबार सुरू भएर मंगलबार सकिएको थियो। एमालेले आइतबार नै राजनीतिक र सांगठनिक प्रतिवेदन सार्वजनिक गरेको थियो भने माओवादी केन्द्रले भने अध्यक्ष प्रचण्डले बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदन पारित भए पनि अहिलेसम्म सार्वजनिक भएको छैन।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend