आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

नेपालका तीन शीर्ष नेताहरूले दिए नरेन्द्र मोदीलाई बधाई

नेपालका तीन शीर्ष नेताहरूले दिए नरेन्द्र मोदीलाई बधाई

  • मिडिया डबली
  • बिहिवार, जेठ २४ २०८१

  • 2.4K
    SHARES

  • नेपालका तीन शीर्ष नेताहरूले दिए नरेन्द्र मोदीलाई बधाई

    काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन्।

    भारतमा सम्पन्न लोकसभा चुनावबाट भारतीय जनता पार्टी नेतृत्वको एनडिए गठबन्धनले लगातार तेस्रो पटक बहुमत प्राप्त गरेकोमा नेपालका तीन शीर्ष नेताहरूले बधाई दिएका हुन्।

    प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जालमार्फत मंगलबार नै बधाई दिएका हुन्। देउवा र ओलीले भने बुधबार मात्रै बधाई दिए। भारत लोकसभा चुनावको मतगणना आज बिहान मात्रै सकिएको हो।

    भाजपा नेतृत्वको एनडिए गठबन्धनले २९३ र कंग्रेस आई नेतृत्वको इन्डिया गठबन्धनले २३३ सिट जितेको छ। मोदीले पुनः तेस्रोपटक प्रधानमन्त्री बन्नका लागि छलफल थालिसकेको बताएका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend