आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

विश्वको सर्वोच्च शिखर सगरमाथामा चाइनाको समय, सरकार कानमा तेल हालेर बस्दै

विश्वको सर्वोच्च शिखर सगरमाथामा चाइनाको समय, सरकार कानमा तेल हालेर बस्दै

  • मिडिया डबली
  • सोमवार, जेठ २१ २०८१

  • 2.1K
    SHARES

  • विश्वको सर्वोच्च शिखर सगरमाथामा चाइनाको समय, सरकार कानमा तेल हालेर बस्दै

    काठमाडौँ - सगरमाथा आरोही पासाङ टेन्डी शेर्पाले नेपालकै सगरमाथामा चीनको समय देखाउने गरेको भन्दै आपत्ति जनाएका छन् । उनले नेपालको समय बोकेर सोही अनुसार तयारी गरी सगरमाथामा चढे पनि च्याम्प ४ मा चढेपछि मोबाइल वा घडीमा चीनको समय देखाउनु दुःखद भएको बताएका हुन् ।

    गत बुधबार राजधानीमा भएको ७१ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा बोल्दै इन्टरनेशनल फेडरेसन अफ माउन्टेन गाइड्स एसोसिएसन (आईएफएमजीए) का माउन्टेन गाइड तथा ट्रयाक नेपालका संस्थापक शेर्पाले सगरमाथामा गुगलले चीनको समय देखाउने गरेको भन्दै दुःख व्यक्ति गरेका हुन् ।

    उनले भने, ‘सरकारसँग के पेश गर्न चाहन्छु भन्दाखेरि सगरमाथाको ४ नम्बर क्याम्प त्यो त हाम्रो नेपालमा पर्छ नि त । त्यहाँ जान बित्तिकै आईफोनमा पनि घडीमा पनि टाइम अटोमेटिक चेन्ज भएर चाइनाको टाइम दिन्छ हेर्नुस् । अब यो हाम्रो नेपालमा चढेको हो कि चाइनामा चढेको हो ?’ उनले सरकारलाई आफूले यति गहन कुरा भनेपछि सरकारको पनि यसबारेमा गम्भीर भएर लाग्ने दायित्व भएको सम्झाएका छन् । शेर्पाले भने, ‘मलाई त्यो कुरामा अत्ति दुःख लाग्यो । यो त हामीले प्रत्यक्ष रुपमा हिमालमा के देख्यौँ सरकारलाई बुझाउने हो । किनकि हामी भनेको सरकारको हो सरकार भनेको हाम्रो हो ।’

    उनले सरकारलाई वास्तविक कुरा बुझाएपछि यस सम्बन्धमा सरकारले पनि चाँसो राखेर कदम चालोस् भन्ने चाहना हुने बताए । उनले भने, ‘त्यसकारणले यहाँ चाइने तँ तँ र म म भन्दा माथिको रियल न्यूज सरकारलाई हामीले बुझाउने हाम्रो कर्तव्य हो ।’ यसरी समय बदलिँदा आरोहीलाई खतरा हुने उनले बताए ।

    शेर्पाले भने, ‘यो टाइम चेन्जले गर्दाखेरि पनि अझ खतरा हुन जान्छ हिमालमा । हामी त वेदर फोरकाष्ट एक डेढ घण्टाको टाइम हेरेर जाने गर्छौँ । त्यसकारणले यसमा सरकारको पक्कै ध्यान जान्छ भन्ने ठूलो आशा गरेको छु ।’ उनले आरोही पेशा बचाउने काम सरकारको भएकोसमेत सम्झाएका छन् । गाइड नभए भोलिका दिनमा आरोहण गर्न जाने आरोही पनि घट्ने भन्दै गाइडको पलायन रोक्न उनले गम्भीर बन्न आग्रह गरेका छन् । उनले भने, ‘हामी आरोहीहरुलाई चाहिँ बचाउने अभियान शुरु गर्नुपर्छ । किन भन्देखिन् एकाएक विदेशीने अथवा यो क्षेत्रलाई पूरै त्याग गरेर बस्ने अवस्था आएको छ । त्यसकारण हामी सरकारलाई पूर्ण सपोर्ट हामी पनि तयार छौँ सरकारले पनि हामीलाई सपोर्ट गर्नुपर्यो । तपाईंहरुलाई थाहा छ सगरमाथा हाम्रो भगवान् मान्ने ठाउँ हो । सगरमाथा हाम्रो एक किसिमको भगवान् हो । हाम्रो देशको गौरब हो ।’

    गत बुधबारको कार्यक्रममा आरोहीले सरकारसँग आग्रह गरेको भए पनि सरकारको भने अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन । चीनको सगरमाथामाथिको हस्तक्षेप भएको लामो समय भइसकेको छ । तर सरकारले भने यसतर्फ चासो नै दिएको छैन । विश्वको सर्वोच्च शिखर सगरमाथा नेपालको गौरब हो । यसलाई कथंकदाचित कुनै पनि षड्यन्त्रले गलत कदम चालियो भने सह्य नहुने आरोहीहरु बताउँछन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, श्रावण २८ २०८१०२:३१:१४

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend