लण्डन - बेलायतमा रहेको तिब्बती अभियानकर्मीहरुको समूहले चीनको जेलमा रहेका तिब्बतीहरुको तत्काल रिहाइको माग गरेका छन् । बेलायतस्थित चिनियाँ दूतावासबाहिर विरोध प्रदर्शन गर्दै विभिन्न बाहनामा तिब्बतीहरुलाई पक्राउ गर्ने कार्यको कडा निन्दा गर्दै र पक्राउ परेकाहरुलाई रिहाइ गर्न माग गरेका हुन् ।
बेलायतमा रहेका तिब्बती कार्यकर्ताको समूहले मंगलबार लण्डनमा बेपत्ता पारिएको अन्तर्राष्ट्रिय दिवसको अवसरमा चिनियाँ दूतावास बाहिर ‘राजनीतिक कैदीहरुलाई रिहाई’ गर्नुपर्ने भन्दै नाराबाजी गरेको थिए ।
लण्डनस्थित फ्री तिब्बत, तिब्बतको ग्लोबल एलायन्स र चिनियाँ यातनामा परेका अल्पसंख्यकहरु, तिब्बती समुदाय युके र अन्तर्राष्ट्रिय तिब्बत नेटवर्कले उक्त विरोध प्रदर्शनलाई समर्थन गरेको थियो ।
अगस्त १ मा चिनियाँ अधिकारीहरुले एक तिब्बती शिक्षक रिन्चेन कीलाई पक्राउ गरेका थिए । यससँगै दलाई लामाको तस्बिर राखेको भन्दै चिनियाँ प्रहरीले १९ जना भिक्षुहरुसहित ६० जनालाई पक्राउ गरेको छ ।
त्यसैगरि चिनियाँ भाषालाई अनिर्वाय पठनपाठनको भाषा बनाउनुपर्ने नियमको विरोध गरेको भन्दै दुई विद्यार्थीहरुलाई पनि पक्राउ गरेको छ । यससँगै घोडा दौड प्रतियोगितामा चिनियाँ अधिकारीहरु देखिने तस्बिर सामाजिक सञ्जालामा राखेको भन्दै दुई दर्जन चिनियाँहरुलाई पक्राउ गरेको थियो ।
पछिल्लो समय चिनियाँ अधिकारीहरुले तिब्बतीहरुलाई विभिन्न बाहनामा यातना दिने, नियन्त्रण गर्ने र निगरानीमा राख्ने क्रमलाई तिव्रता दिएको छ । उक्त चिनियाँ ज्यादतीको विरोध गर्दै चीनालाई कालोसूचीमा राख्नसमेत माग गरिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।