काठमाडौँ - भारतको लोकसभा चुनावको सातौं तथा अन्तिम चरणको मतदान आज हुदै छ । आज ७ राज्य र १ केन्द्र शासित प्रदेशका ५७ लोकसभा सिटका लागि मतदान हुँदैछ ।
यस चरणमा प्रधानमन्त्री नरेन्द्र मोदी, २ केन्द्रीय मन्त्री आरके सिंह र अनुराग ठाकुर चुनावी मैदानमा छन् । त्यस्तै कंगना रनौत, रवि किशन, पवन सिंह, काजल निषादसहित चार कलाकार पनि चुनावी मैदानमा रहेका छन् ।
निर्वाचन आयोगका अनुसार सातौं चरणको निर्वाचनमा ९०४ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । जसमध्ये ८०९ पुरुष र ९५ महिला उम्मेदवार छन् ।५४२ लोकसभा सीटहरूको छैटौं चरणसम्म ४८५ सीटको लागि मतदान भइसकेको छ । जुन १ मा अन्तिम ५७ सिटमा मतदान हुनेछ ।
अहिलेसम्म गुजरातको सूरतबाट बीजेपीका उम्मेदवार मुकेश दलाल निर्विरोध निर्वाचित भएकाले ५४२ सिटमा मात्रै मतदान भइरहेको छ ।यस चरणमा वाराणसी सबैभन्दा भिआइपी सिट हो । प्रधानमन्त्री मोदी विगत १० वर्षदेखि यहाँ सांसद छन् । उनी तेस्रो पटक ठूलो मतान्तरले जित्ने लक्ष्यमा छन् । यसपटक यहाँबाट प्रधानमन्त्री मोदीविरुद्ध ६ जना मात्र उम्मेदवारले प्रतिस्पर्धा गरेका छन् ।
सुरुमा १४१ जनाले उम्मेदवारी दिएका थिए । मोदीविरुद्ध अजय राय कांग्रेस–सपा र भारतीय गठबन्धनबाट चुनाव लडिरहेका छन् तर पछिल्ला तीन चुनावमा उनी ठूलो मतान्तरले पराजित भएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।