आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

वाइवाइ विश्वभर लोकप्रिय हुँदै जाँदा हाम्रो देशमा किन यस्तो प्रोपागान्डा हुन्छ : निर्वाण चौधरी

वाइवाइ विश्वभर लोकप्रिय हुँदै जाँदा हाम्रो देशमा किन यस्तो प्रोपागान्डा हुन्छ : निर्वाण चौधरी

  • मिडिया डबली
  • सोमवार, बैशाख १७ २०८१

  • 2.2K
    SHARES

  • वाइवाइ विश्वभर लोकप्रिय हुँदै जाँदा हाम्रो देशमा किन यस्तो प्रोपागान्डा हुन्छ : निर्वाण चौधरी

    काठमाडौँ - चौधरी ग्रुपका निर्देशक निर्वाण चौधरीले वाइवाइ चाउचाउविरुद्ध नियोजित प्रोपागाण्डा चलाइएको बताएका छन् । उनले वाइवाइ नेपालको गौरवसँगै विश्वका ४० देशमा प्रिय ब्राण्ड बनिसकेको अवस्थामा नेपालमा वाइवाइ ब्राण्डलाई बदनाम गर्ने प्रयास भइरहेको बताएका हुन् ।

    सामाजिक सञ्जालमार्फत सोमबार उनले वाइवाइले उच्चतम गुणस्तरीय मापदण्डहरु पूरा गर्दै उपभोक्ताको स्वास्थ्यप्रति सदैव गम्भीर रहेको उल्लेख गर्दै खाद्य प्राविधिकहरुले वाइवाइको गुणस्तर नियमित जाँच गर्ने गरेको बताए ।

    उनले लेखेका छन्, ‘वाइवाइ, नेपालको गौरव र विश्वभर ४० देशहरूमा प्रिय ब्राण्ड बनिसकेछ र यो अझै विश्वका अन्य देशहरुमा फैलिदै गएको छ । हालै जब हामीले आईपीओमा जाने घोषणा गर्यौ, त्यसपछि वाइवाइ ब्राण्डलाई बदनाम गर्ने प्रयासस्वरुप केही गलत हर्कतहरु भइरहेका छन् भन्नेमा कुनै शंका छैन । चौधरी समूहविरुद्ध झुटा प्रचार गर्ने प्रवृत्तिहरू देखिएका छन् । जसमा वाइवाइलाई निशाना बनाइएको छ। हामीले पटक पटक भनेका छौँ कि वाइवाइले उच्चतम गुणस्तरीय मापदण्डहरू पूरा गर्दै उपभोक्ताको स्वास्थ्यप्रति सदैव गम्भीर छ । खाद्य प्राविधिज्ञहरूले वाइवाइको गुणस्तर नियमित जाँच गर्ने गरेका छन् । अचम्मकै कुरा भन्नुपर्छ, वाइवाइ विश्वभर लोकप्रिय नेपाली स्वादका रुपमा स्थापित हुँदै जाँदा हाम्रो आफ्नै देशमा किन यस्तो प्रोपागान्डा किन हुन्छ ? हामी आफ्नो गुणस्तर र प्रमाणित मापदण्डप्रति दृढ छौँ । नेपाली पहिचानकै रुपमा विश्वव्यापी ब्राण्डलाई बदनाम गर्ने प्रवृत्तिबाट कसले के प्राप्त गर्छ, त्यो उनैले जानुन् । त्यसैले आम उपभोक्तालाई भ्रममा नपर्न आग्रह गर्दछौँ र यदि कसैलाई हाम्रा कारखानामा भ्रमण गर्न मन भए स्वागत गर्दछौँ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, माघ ५ २०८०१२:००:३७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend