आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

निर्वाण चौधरीले भने– एनसेल प्रकरणले जनताले टेलिकम क्षेत्रका माफिया र संगठनलाई चिन्न पाए

निर्वाण चौधरीले भने– एनसेल प्रकरणले जनताले टेलिकम क्षेत्रका माफिया र संगठनलाई चिन्न पाए

  • मिडिया डबली
  • बिहिवार, मंसिर २१ २०८०

  • 2.1K
    SHARES

  • निर्वाण चौधरीले भने– एनसेल प्रकरणले जनताले टेलिकम क्षेत्रका माफिया र संगठनलाई चिन्न पाए

    काठमाडौं - चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले एनसेल सेयर खरिदबिक्री प्रकरणले जनताले टेलिकम क्षेत्रका माफिया र संगठनलाई चिन्न पाएको बताएका छन् ।

    १० वर्षदेखि मोबाइल लाइसेन्सका लागि प्रयास गरिरहेको चौधरी समूहलाई लाइसेन्स दिन नचाहने र नेपाल टेलिकमलाई स्थापित हुन नदिने समूह नै एनसेल प्रकरणमा संलग्न भएको उनले आरोप लगाएका छन् ।

    मुख खोलेको छ । युवा उद्यमी चौधरीले बिहीबार सामाजिक सञ्चालमा स्टाटस लेख्दै नेपाली जनताले टेलिकम क्षेत्रका माफिया र संगठनलाई चिन्न पाएको बताएका हुन् ।

    उनले सीजी टेलिकमले उपभोक्तालाई भ्वाइस र एसएमएस निःशुल्क उपलब्ध गराउने र ५० प्रतिशत सस्तोमा डाटा उपलब्ध गराउने वाचा गर्दा पनि किन नेपाली कम्पनीलाई स्विकृती दिइएन भन्ने कुराको अब पटाक्षेप हुँदै गएको दाबी गरेका छन् ।

    ‘एनसेल काण्डमा तिनै पात्रहरू संलग्न छन्, जसले १० वर्षदेखि नेपाली टेलिकमलाई नेपालमा स्थापित हुन दिएनन् । आज जे भएको छ यही गर्नका लागि सीजी टेलिकमलाई यिनीहरू सबै मिलेर रोकेका हुन् । देशमा अहिले ‘त कुटेजस्तो गर म रोएजस्तो गर्छु’ नामक सिनेमा चलिरहेको छ,’ उनले लेखेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, बैशाख १७ २०८१०२:०८:४०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend