आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

निर्वाण चौधरी जसले अर्बपति फोरममा गरे सम्बोधन, पानी र बिजुलीमा जोड

निर्वाण चौधरी जसले अर्बपति फोरममा गरे सम्बोधन, पानी र बिजुलीमा जोड

  • मिडिया डबली
  • शुक्रवार, माघ ५ २०८०

  • 3.0K
    SHARES

  • निर्वाण चौधरी जसले अर्बपति फोरममा गरे सम्बोधन, पानी र बिजुलीमा जोड

    काठमाडौं - चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले पहिलोपटक विश्व आर्थिक मञ्चमा प्यानल बहस गरेर इतिहास लेखाएका छन्।

    बिहीबार राति स्विटजरल्यान्डको डाभोसमा जारी सो मञ्चको मुख्य प्यानलमा पहिलोपटक चौधरीले प्यानल डिस्कस गरेका हुन् । उनी नेपाली अर्बपति विनोद चौधरीका जेठा छोरा हुन् ।

    चौधरीले सो संवादको क्रममा हिमालय क्षेत्रका पानी र बिजुली उत्पादनको बिषयलाइ मुख्य जोड दिएका छन् । उद्योगपत्ति चौधरीले नेपालको हिमालय क्षेत्रको पानीले संसारका करिब दुई अर्ब मानिसलाई जीवन दिन सक्ने जानकारी गराए ।

    ‘विश्वभरि पानीको संकट बढिरहेको छ, त्यस सन्दर्भमा नेपालको हिमालय क्षेत्रमा रहेको रिजर्भ पानीको सदुपयोग गर्ने हो भने विश्वका करिब दुई अर्ब मानिसलाई पानी दिलाउन सकिन्छ,’ उनले भने, ‘नेपालमा झन्डै एक लाख मेघावट बिजुली उत्पादन गर्न सकिनेछ, तर हामी अहिले दुई–तीन हजार मेगावट मात्रै उत्पादन गरिरहेका छौं, यसमा लगानी बढाउन सकिन्छ ।’

    दक्षिण एसियाका देशहरूमा बिजुली बेच्न सकिनेदेखि त्यहाँ रहेको जनसंख्याको ठूलो हिस्सलाई मध्यनजर गरेर बजार विस्तार गर्न सकिने सम्भावनाबारे पनि चौधरीले जोड गरेका छन्।

    चौधरी नेपालमा मात्र होइन, अन्तर्राष्ट्रिय क्षेत्रमै आफ्नो छुट्टै पहिचान बनाउन सफल उद्योगपति हुन् । उनले चौधरी ग्रुपका विदेशमा रहेका होटलको व्यवस्थापन हेरिरहेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, बैशाख १७ २०८१०२:०८:४०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend