काठमाडौं - उद्योगपति विनोद चौधरीका पुत्र निर्वाण चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
आफूलाई कोरोना भएको निर्वाणले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन् । उनले आफूमा बास्ना, गन्ध र जिब्रोको स्वाद गुमेको तर अरु कुनै लक्षण नदेखिएको भन्दै स्वास्थ्य अवस्था सामान्य रहेको जनाएका छन् ।
उनले सुरक्षा सतर्कता अपनाउँदै चिकित्सकको सल्लाहबमोजिम आफू आइसोलेसनमा बसेको उल्लेख गरेका छन् ।
यसअघि उनका बाबु विनोद चौधरी र काका बसन्त चौधरी पनि कोरोना संक्रमित भई निको भइसकेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।