काठमाडौं, २३ फागुन - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुनर्गठन गर्न खोजेको सरकार नेकपा एमालेले पुरानै मन्त्रीहरू दोहोराउने भएको छ ।
तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्र बिचको सहमति अनुसार गठन भएको सरकारमा सहभागी भएका अधिकांस नेताहरूलाइ नै एमालेले पुनः मन्त्रीमण्डलका लागि पठाएको हो ।
प्रधानमन्त्री प्रचण्डले कांग्रेससँग गठबन्धन गरे पछि उनीहरू सरकार छाडनु परेको थियो, यसअघि प्रचण्ड सरकारमा भएका मध्ये बिष्णु पौडेल (अर्थ मन्त्री) र बिमला राइ (परराष्ट्र मन्त्री) भने दोहिरिएका छैन । यसअघि पौडेलले प्रचण्ड सरकारमा एमालेको तर्फवाट पौडेलले नेतृत्व गरेका थिए भने यसपटक रघुवीर महासेठले गर्ने भएका छन ।
जसअनुसार एमालेले पुरानै अनुहारमा पदम गिरी (कानुन न्याय तथा संसदीय मामिला), हरि उप्रेती (रक्षा), भगवति चौधरी (महिला बालबालिका), राजेन्द्र राई, (खानेपानी), दामोदर भण्डारी (उद्योग), ज्वालाकुमारी साह (कृषि) र बलराम अधिकारी (भूमि व्यवस्था) मन्त्रालयको जिम्मेवारी पाएका छन । अधिकारी भने नयाँ अनुहार हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।