आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

अब देश नै सेनाको जिम्मा लगाउने हो कि ?

अब देश नै सेनाको जिम्मा लगाउने हो कि ?

  • मिडिया डबली
  • बिहिवार, माघ १८ २०८०

  • 1.6K
    SHARES

  • अब देश नै सेनाको जिम्मा लगाउने हो कि ?

    काठमाडौं - हाइड्रो, पेट्रोलियम पदार्थ, मेडिकल कलेज, सडक निर्माणलगायतमा हात हालेर आलोचना खेप्दै आएको नेपाली सेनाले अब उद्योग सञ्चालन गर्ने भएको छ ।

    सेनाले २३ वर्षदेखि बन्द रहेको हेटौंडा कपडा उद्योग सञ्चालन गर्न सरकारसँग बजेट माग गरेको छ । सेनाकै कमजोरीका कारण अहिलेसम्म काठमाडौं–निजगढ फास्ट ट्रयाकको लागत र समयावधि बढ्दै गएको छ । हिजो निर्माण गर्ने बेला ७५ अर्बमा बन्ने भनिएको फास्ट ट्रयाक अझै दुई तीन वर्षसम्म बन्ने देखिएको छैन । लागत बढेर दुई खर्ब पुग्ने भएको छ ।

    सेनाले अहिलेसम्म आफ्नो सबै प्रतिष्ठा फास्ट ट्रयाक बनाउँदा नै गुमाइसकेको छ । अब हेटौडा कपडा उद्योग खोल्न खोजेपछि सेनाको आलोचना सुरु भइसकेको छ । सरकारले २३ वर्षदेखि बन्द रहेको आफ्नो स्वामित्वको हेटौँडा कपडा उद्योग सेनालाई सञ्चालन गर्न दिने गृहकार्य अघि बढाएको छ ।

    सेनाले कपडा उद्योग चलाउने प्रस्तावसहितको कार्ययोजना प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितका उच्च अधिकारीलाई ब्रिफिङसमेत गरेको छ । ब्रिफिङ सुनेपछि प्रधानमन्त्री प्रचण्ड सेनालाई कपडा उद्योग सञ्चालन गर्न दिनेबारे सकारात्मक देखिएका हुन् ।

    पछिल्लो अध्ययनअनुसार एक अर्ब ९३ करोड सुरुवाती लगानी र वार्षिक ७८ करोड सञ्चालन खर्च आफैँ जुटाएर उद्योग सञ्चालन गर्न सेना इच्छुक छ । सेनाले तीनवर्षे कार्ययोजना बनाएर उद्योग सञ्चालन गर्ने पनि उल्लेख गरेको छ । तीन वर्षमा करिब २६ लाख मिटर कडा उत्पादन गर्न सकिने आकलन गरेको छ ।

    चालू आर्थिक वर्ष ०८०–८१ मै सरकारले नीतिगत निर्णय गरी उद्योगको स्वामित्व सेनालाई हस्तान्तरण गरिदिए डिपिआर निर्माण, नयाँ मेसिनरीको छनोट तथा खरिद प्रक्रिया यही वर्षबाट सुरु गरिने उल्लेख छ ।

    त्यस्तै, ०८१–८२ मा पूर्वाधार निर्माण, मेसिन र उपकरण खरिदको काम सम्पन्न गरी परीक्षण उत्पादन सुरु गर्ने प्रस्तावित मोडालिटी छ भने ०८२–८३ मा मेसिनहरू थप गर्ने, उद्योगको क्षमता विस्तार गर्ने र नियमित उत्पादन सुरु गर्ने प्रस्ताव गरिएको छ ।

    उद्योग पुनः सञ्चालन गर्दा नौ वर्षपछि लागत प्रतिस्थापन गरी उद्योग नाफामा जाने सैनिक कार्यदलको निष्कर्ष छ । हेटौंडा उद्योग सञ्चालन गर्न दिने सरकारको तयारीपछि सर्वसाधारणले कुनै दिन सत्ता नै सेनालाई ठेक्का दिने हो कि भन्दै सामाजिक सञ्जालमा आक्रो पोख्न थालेका छन् ।

    सेनालाई राज्यले गर्ने हरेक काममा प्रवेश गराएपछि भोलिका दिनमा सेनाले सत्ता कब्जा नगर्ला भनेर यसै भन्न सकिन्न । पाकिस्तानलगायतका देशमा सेना हाबी हुनुको मुख्य कारण नै हरेक क्षेत्रमा उसलाई आवश्यकता भन्दा बढी प्राथमिकता दिएकाले भएको राजनीतिक विश्लेषकहरूको भनाइ छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आश्विन २३ २०८००३:५६:३३

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend