काठमाडौं–बजेट, लेखा, बहुपत्नीमा मस्ती मारेका भुवन अधिकारीलाई घर पठाएर रिक्त दुईतारे जर्नेलमा मङ्सिरसम्म टिकाउन लागिएका भक्तपुर गुण्डु निवासी धुर्ब खत्री मुखको क्यान्सरले सताएपछि लकडाउनवीच हरिसिध्दिको अर्बुदरोग हस्पिटलमा शल्यक्रिया सकेर घर लगिएका छन् ।
उनलाई बढुवा दिन छिमेकी साँसद महेश बस्नेतको बिशेष जोड रहेको बताइन्छ,खत्रीजर्साप ले ३ जना छोरी भएकी लण्डन बस्ने लाहुरेनीलाई कान्छी बनाएका छन्, गुण्डुकै अर्का जर्नेल अनन्त कार्कीले भने केही दिनअघि एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईको सामु गोडा फाटेर धूम्रपान गरी बुट जुत्तामै चुरोट निभाएर अनुशासनहीन हर्कत देखाउँदा पनि सेनापति पूर्णचन्द्र थापाले केही गर्न सकेका छैनन् जबकि यसवीच साथी साथी झगडामा पनि केही जर्नेलको बढुवा रोकिएको अवस्था छ ।
नेताको निकट कोही कोही जर्नेल यस्ता पनि छन् जो सेनापतिकै सामु खैनी झिकेर मुखमा कोचर्छन् र पनि चलेकै छ । ठेकेदार र भू माफियासङ्ग राम्रै उठबस गरी बानेश्वर,महाराजगन्जतिर राशलीला मच्चाउने दुईतारेहरुको त झन बयान गरिसाध्यै छैन । जनआस्था साप्ताहिक
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।