आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

सेनामा पूर्वलडाकू अधिकारीको अवधि थपिएकोमा पूर्वजर्नेलहरू आगो, दिए यस्तो चेतावनी

सेनामा पूर्वलडाकू अधिकारीको अवधि थपिएकोमा पूर्वजर्नेलहरू आगो, दिए यस्तो चेतावनी

  • मिडिया डबली
  • मंगलवार, आश्विन २३ २०८०

  • 3.6K
    SHARES

  • सेनामा पूर्वलडाकू अधिकारीको अवधि थपिएकोमा पूर्वजर्नेलहरू आगो, दिए यस्तो चेतावनी

    काठमाडौं - माओवादी पूर्वलडाकू यमबहादुर अधिकारीको सेवा अवधि पुनः तीन वर्ष थप गरिएकोमा पूर्वजर्नेलहरू आक्रोशित भएका छन् ।

    पूर्वमाओवादी लडाकूबाट सेनामा आएका अधिकारीको सरकारले सहायक रथीमा थप तीन वर्ष सेवा अवधि गरेपछि यसले ठूलो हंगामा मच्चाएको छ । सेनाभित्रै व्यापक असन्तुष्टि उत्पन्न भएको छ ।

    केपी ओली प्रधानमन्त्री भएका बेला पहिलोपटक तीन वर्ष सेवा अवधि थपिएका अधिकारीलाई माओवादी अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा फेरि अवधि थपिएको हो। जबकि रक्षा मन्त्रालय नेपाली कांग्रेसको भागमा परेको छ । रक्षामन्त्री कांग्रेस उपसभापति पूर्णबहादुर खड्का छन् ।

    कांग्रेसमै पनि यो विषय ठूलो इस्यु बनेको छ । सेवा अवधि नथपिएको भए अधिकारीले ३१ भदौमै अवकाश पाएर घर जान्थे । सचेत नागरिक, वीरगति प्राप्त सैनिक परिवार र पूर्वसैनिकहरूले मंगलबार विज्ञप्ति जारी गरी राजनीतिक दबाबमा अधिकारीको सेवा अवधि बढाइएको आरोप लगाएका छन् । यो निर्णय तत्काल फिर्ता लिन पनि माग गरिएको छ।

    ‘नेपाली सेना कुनै पनि राजनीतिक दलको भ्रातृसंगठन होइन र हुनुहुन्न,’ विज्ञप्तिमा भनिएको छ, ‘एकपटकका लागि विशेष पद सिर्जना गरी पदोन्नति गरेको चार वर्षपछि स्वतः खारेज हुनुपर्नेमा तीन वर्षको सेवा अवधि थप गरिएकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।’

    सेनालाई राजनीतिकरण गर्ने प्रयास गरिएको भन्दै यस्तो कार्यले वीरगति प्राप्त सैनिक परिवार तथा अवकाश प्राप्त सैनिकको अवमूल्यन भएको जनाइएको छ।

    ‘अधिकारीलाई राजनीतिक नेतृत्वको दबाब र प्रभावमा तीन वर्ष सेवा अवधि थप गरिएको मात्रै नभएर सेनाका अधिकृतको वृत्ति विकास, दण्ड र पुरस्कार, पदक, विभूषण, सरुवा बढुवा हेर्ने सैनिक सचिवजस्तो महत्वपूर्ण पदमा नियुक्ति दिइनुलाई कसैले पनि सहज रुपमा स्वीकार गर्न सकेका छैनन्,’ विज्ञप्तिमा भनिएको छ, ‘यो कार्यले नेपाली सेना माओवादीकरण भएको हो ? भन्ने जटिल प्रश्न खडा गरेको छ भने देशभक्त नेपालीको गम्भीर चासो र चिन्ताको विषय समेत बन्न पुगेको छ।‘ प्रचण्डले आफू प्रधानमन्त्रीमा भएका बेला पदको दुरुपयोग गरेको भन्दै सेनाभित्रै आक्रोश उत्पन्न भएको छ । भोलि यो विषय नजिर बन्न सक्ने भन्दै नागरिक समाज पनि आक्रोशित भएको छ ।

    1.png

    2.png

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, माघ १८ २०८०१२:२८:००

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend