बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images
राजनीतिक बिशेष

पूर्वराजा शाहविरुद्ध ओली र प्रचण्ड एकजुट, नारायणहिटी हत्याकाण्ड छानबिनको धम्की किन ?

पूर्वराजा शाहविरुद्ध ओली र प्रचण्ड एकजुट, नारायणहिटी हत्याकाण्ड छानबिनको धम्की किन ?

  • मिडिया डबली
  • मंगलवार, माघ १६ २०८०

  • 2.2K
    SHARES

  • पूर्वराजा शाहविरुद्ध ओली र प्रचण्ड एकजुट, नारायणहिटी हत्याकाण्ड छानबिनको धम्की किन ?

    काठमाडौं - कम्युनिस्ट नेताहरू कुनै विषय पाएनन् भने चिहानमा गाडिएको लास उत्खनन् गरेर पनि नयाँ नयाँ फन्डा निकाल्ने गर्छन् । अहिले यसलाई नेपालका दुई कम्युनिस्ट नेता केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले चरितार्थ गरेका छन् ।

    दुवैजना यतिबेला १५ वर्षअघि नै नेपालबाट समाप्त भइसकेको राजतन्त्रको विषयमा बोलेर राजनीतिको रोटी सेकाइरहेका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहलाई तर्साउन ओली र प्रचण्ड दुवैले २०५८ जेठ १९ गतेको नारायणहिटी हत्याकाण्डको सहारा लिएका छन् । नारायणहिटी हत्याकाण्डमा राजा वीरेन्द्र शाहको पूरै परिवार मारिएका थिए ।

    साथै उनका आफन्तसमेत मारिएका थिए । तर भाइ ज्ञानेन्द्र शाहको परिवारको भने एउटा रौं पनि हल्लिएको थिएन । वीरेन्द्रको वंशनाशपछि ज्ञानेन्द्र शाह राजगद्दीमा बसे । तत्कालीन सरकारले गठन गरेको दरबार हत्याकाण्ड छानबिन आयोगले युवराज दीपेन्द्र शाह नै हत्याकाण्डका प्रमुख पात्र रहेको किटानी गरेको थियो ।

    दरबार हत्याकाण्ड भएको २२ वर्ष बितिसकेको छ । अहिले आएर पूर्वराजा शाहले दरबार हत्याकाण्डमा आफ्नो परिवारलाई गम्भीर लान्छना लगाएको विषयमा मुख खोले । उनले आफूले फिर्ता गरेको श्रीपेच फेरि फर्काउन जनताले आग्रह गरेको अभिव्यक्ति दिएपछि ओली र प्रचण्ड दुवै फायर भएका हुन् ।

    निर्मूल भइसकेको राजतन्त्र फेरि टाउको उठाउन खोजेको प्रचण्ड र ओलीको ठहर छ । त्यही भएर प्रधानमन्त्री प्रचण्डले २०५८ सालमा भएको दरबार हत्याकाण्डको छानविन हुने चेतावनी दिएका छन्। सोमबार दिउँसो बाराको सिमरा विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले सो कुरा बताएका हुन्।

    उनले संघीय लोकतान्त्रिक गणतन्त्रले सबैलाई स्वतन्त्रतापूर्वक अधिकार दिए पनि व्यवस्थाविरूद्ध उभिने र षड्यन्त्रूर्ण गतिविधि गर्ने अधिकार कसैलाई नभएको स्पष्ट पारे।

    एमाले अध्यक्ष ओलीले त ज्ञानेन्द्र राजा नभई पूजा गर्ने बेला ब्राह्मणले टपरीमाथि राखेको कुशको राजा भएको टिप्पणी गरेका छन् । उनले हत्याकाण्डमा दीपेन्द्र दोषी नभए पनि बनिबनाउ स्क्रिप्ट पढेको दाबी गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend