आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

रक्षा, अन्तरिक्ष र स्वास्थ्य क्षेत्रमा सहकार्य गर्न भारत र फ्रान्स सहमत

रक्षा, अन्तरिक्ष र स्वास्थ्य क्षेत्रमा सहकार्य गर्न भारत र फ्रान्स सहमत

  • मिडिया डबली
  • सोमवार, माघ १५ २०८०

  • 993
    SHARES

  • रक्षा, अन्तरिक्ष र स्वास्थ्य क्षेत्रमा सहकार्य गर्न भारत र फ्रान्स सहमत

    काठमाडौँ - फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन दुई दिने राजकीय भ्रमणको क्रममा भारतसँग स्वास्थ्य, अन्तरिक्ष र रक्षा लगायतका क्षेत्रमा सहयोग गर्न सहमत भएका छन् । दुई पक्षहरू प्रमुख सैन्य हार्डवेयर र प्लेटफर्महरूको सह-विकास र सह-उत्पादनमा सहमत भएको बताइएको छ ।

    अन्तरिक्ष, भूमि युद्ध, साइबर स्पेस र कृत्रिम बुद्धिमत्ता लगायतका क्षेत्रहरूमा टेक्नोलोजी सहयोगलाई सहज बनाउने दुई देशबिचमा सहमति भएको हो । दुवै पक्षले रक्षा-अन्तरिक्ष साझेदारीमा एक सम्झौतामा पनि सहमति जनाएका छन् ।

    साथै स्याटलाइट प्रक्षेपणमा न्यू स्पेस इन्डिया लिमिटेड र फ्रान्सेली कम्पनी एरियनस्पेसबीच समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

    भारतीय विदेशसचिव विनयमोहन क्वात्राका अनुसार टाटा र एयरबस हेलिकप्टरबीच स्थानीय कम्पोनेन्टसहितको एच १२५ हेलिकप्टर उत्पादनका लागि साझेदारी गर्न दुवै पक्ष सहमत भएका छन् । दुवै पक्षले स्वास्थ्य सेवा, शिक्षा, तालिम र अनुसन्धान जस्ता क्षेत्रमा आ-आफ्ना स्वास्थ्य मन्त्रालयबीच समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, फाल्गुण १ २०७९१०:२३:४२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend