सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

भारतीय विदेश सचिव क्वात्रा दुई दिने नेपाल भ्रमणमा आउने

भारतीय विदेश सचिव क्वात्रा दुई दिने नेपाल भ्रमणमा आउने

  • मिडिया डबली
  • शुक्रवार, माघ २७ २०७९

  • 2.5K
    SHARES

  • भारतीय विदेश सचिव क्वात्रा दुई दिने नेपाल भ्रमणमा आउने

    काठमाडौं– भारतीय विदेश सचिव विनयमोहन क्‍वात्रा आउँदो सोमबार नेपाल आउने भएका छन्। क्‍वात्रा दुई दिने औपचारिक भ्रमणका लागि आउँदो शुक्रबार काठमाडौँ आउन लागेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।

    परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल’प्रचण्ड’, परराष्ट्रमन्त्री बिमला राई पौड्याल लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। क्‍वात्राले प्रधानमन्त्री प्रचण्डलाई भारत भ्रमणको निम्तोसमेत दिनेछन्।

    उनले सत्ता साझेदार तथा विपक्षी दलका प्रमुख नेताहरुसँग पनि भेटवार्ता गर्ने जनाइएको छ। अमेरिकाले नेपालमा राजनीतिक सक्रियता बढाएका बेला छिमेकी भारतका तर्फबाट पनि भ्रमण तय भएको हो।

    राजनीतिक मामिला हेर्ने अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड अघिल्लो साता नेपाल भ्रमण गरेर फर्केलगत्तै यही साता अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग यूएसएआईडीकी प्रमुख समान्था पावर नेपाल आइन्।

    अमेरिकाले नेपालमा राजनीतिक सक्रियता बढाएसँगै भारतले पनि यसतर्फ चासो दिँदै राजनीतिक सक्रियता बढाउन थालेको हो।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, माघ १५ २०८००४:०८:१२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend